[caption id="attachment_20267" align="aligncenter" width="800"]rel तस्विर: उपेन्द्र चाम्लिङ /ब्लाष्टखबर[/caption]

धरान/ एमाले अध्यक्ष केपी ओलीले नेपाललाई आर्थिक समृद्धिततर्फ अघि बढाउन कुनै समय नलाग्ने भए पनि देशको विकासमा अहिलेको सरकार नै बाधक बनिरहेको आरोप लगाएका छन् ।बाराको निजगढमा शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै आपूmले भन्दै आएको रेल सञ्चालनको कुरालाई मजाक बनाएर उडाउनेहरुलाई उनले कुवाको भ्यागुताको संज्ञा दिए ।

रेल सञ्चालन सम्भव भए पनि विकास नचाहने र अरुको इशारामा चल्ने दलका कारण समस्या भइरहेको उनको भनाइ थियो ।‘देशमा रेल गुडाउन असम्भव छ ? चाहे के हुँदैन ?’, उनले भने,‘तर आपूm पनि चाहँदैनन् र अरुले उठाएको कुरालाई उडाउँदै हिँडेका छन् । यसरी देशको विकास हुँदैन । देशका लागि समर्पित भएर काम गरे सबै सम्भव छ ।’

ओलीले पूर्व–पश्चिम रेल सञ्चालनका लागि सर्भे गर्ने कामसमेत सम्पन्न भइसकेकाले छिट्टै निर्माणको काम पनि थालनी हुने बताए ।उनले आप्mनो कार्यकालकै योजनाअनुसार यातायात मन्त्रालयअन्तर्गतको रेल्वे विभागले पूर्व–पश्चिम रेल्वेलाइनका लागि ‘जीपीएस’ सर्भेे शुरु गरेको जानकारी दिए । यातायात मन्त्रालयले दिएको जानकारीअनुसार इनरुवादेखि काँकडभिट्टासम्मको १०५ किलोमिटर रेल्वेलाइनका लागि दोहाकर्ण, सोसुम, सिल्टले जोइन्टभेन्चरमा काम शुरु गरिसकेका छन् । मेचीदेखि महाकालीसम्म रेल्वे सेवा विस्तार गर्न मन्त्रालयले सर्भेेका लागि बोलपत्र आह्वान गरेको थियो । ‘करीब तीन महिनामा इनरुवादेखि काँकडभिट्टासम्मको डिजिटल जीपीएस सर्भेे र त्यसपछि डिटेल सर्भेेको टिमले काम गर्ने रेल्वेको जीपीएस सर्भेेका इन्जिनियर सञ्जयकुमार मिश्रले जनाए ।

रेलमार्गको चौडाइ ८ मिटरको हुने बताइएको छ । उनका अनुसार इटहरीबाट बुधनगरको भेडियारीमा बन्ने जोइन्ट कस्टमसम्म रेलमार्ग विस्तार हुनेछ । त्यसैले पूर्व–पश्चिमसँगै उनीहरुको टिमले इटहरीदेखि विराटनगरसम्म २० किलोमिटरको रेलमार्गको समेत सर्भेे गर्ने छ । अन्य भागको भने अरु कन्सल्टेन्सीहरुले काम गरिरहेको समेत उनले जनाए ।पूर्वदेखि पश्चिम महाकालीसम्म करीब १३ सय किलोमिटर लामो रेलमार्ग निर्माण गरिने भएको छ । आगामी माघ महिनासम्म एक सय ५ किलोमिटरको सर्भेे सम्पन्न हुने बताइएको छ । ‘त्यसपछि डिटेल सर्भेको टिमले काम सकेपछि रेल्वेको लिकका लागि विभागबाट टेन्डर नोटिस जारी हुन्छ’, उनले भने, ‘यो पहिलो चरणको सर्भेे हो ।

यसपछि डिटेल सर्भेे हुन्छ र त्यसपछि टेन्डर ।’स्याटेलाइटको माध्यमबाट अहिले सर्भेेका लागि प्वाइन्टहरु स्थापना गर्ने काम भइरहेको छ । छजना इन्जिनियरहरुको टोलीले अहिले स्याटेलाइटको माध्यमबाट सर्भे गर्दै प्वाइन्टहरु स्थापना गरिरहेको छ । यो काम भनेको फित्ताले नापेर किला गाडेजस्तै हो । यो काम सकिएपछि डिटेल सर्भेेको टिम आएर यिनै प्वाइन्टहरुबाट सर्भेे गर्ने बताइएको छ । ‘बेस प्वाइन्ट स्थापना गरेर मेसिन सेट गरेर अन गरेपछि स्याटलाइटको माध्यमबाट सोभैm यसले प्वाइन्टहरुको रेकर्ड राख्छ ।’ सर्भे गर्ने तरिकाको बारेमा इन्जिनियर विक्रम चोकामी बताउँछन् ।

पछि अर्काे सर्भेे टिमले स्याटेलाइटकै सङ्केतअनुसार अहिले स्थापना गरिएका प्वाइन्टहरुलाई माध्यम बनाएर सर्भे गर्छन् । पुरानो प्रविधिमा फित्ताले नाप्ने, दिशा हेर्ने र किला गाड्ने भए पनि अहिलेको डिजिटल प्रविधिमा सोभैm स्याटेलाइटमा डिभाइसमार्पmत् नाप गरिन्छ । म्यानुअल प्रविधिभन्दा यो अत्याधुनिक र सजिलो प्रविधिसमेत हो । इन्जिनियर भण्डारीका अनुसार दोस्रो सेक्सनअन्तर्गत इटहरी–विराटनगरको सर्भेे गरिने छ ।