धरान/मंगोल नेशनल अर्गनाइजेनसको आज धरानमा प्रथम मंगोल सभा भइरहेको छ । पूर्वका १६ जिल्लाकै मंगोल सभाको आयोजनामा भइरहेको सभामा केन्द्रीय पदाधिकारीहरुदेखि १६ जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहने छ । [caption id="attachment_20227" align="alignnone" width="1024"]mangol1 मंगोल नेशनल अर्गनाइजेनस पार्टीले धरानमा मंगोल सभा पूर्व निकालेको र्यालीमा सहभागीहरु । तस्बिरहरुः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption] भानुचौकमा भइरहेको सभाको पूर्वसन्ध्यामा र्याली निकालेको छ । मंगोलको जिल्ला समितिको कार्यालय धरान–१५ सदनरोडबाट सुरु भएको र्याली धरान नगर परिक्रमा गर्दै भानुचौकमा पुगेर सभामा परिणत भएको छ । mangol2 सभालाई केन्द्रीय कार्याबहाक अध्यक्ष बुद्धलाल मेचे, केन्द्रीय सचिव वीरलाल वालाहाङ, केन्द्रीय कोषाध्यक्ष दिवस वान्तवा, प्रवक्ता थमन बुढा मगर, अनुशासन विभाग प्रमुख गणेश चाम्लुङलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभाको प्रचारात्म अभियान स्वरुप सुनसरीले सडकमा जेब्राक्रसिङ निर्माण, पर्चा पम्प्लेट, सरसफाई लगायतको कार्यक्रम गरेको जिल्ला सभाका अध्यक्ष बलबहादुर दुमी राईले बताए । mangol