धरान/सोह्रकेजी रुद्राक्षसहित धनकुटा आहालेका ३ जना युवाहरु पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले धरान–१७ बाट बुधबार पक्राउ गरी सेक्टर वन कार्यालय धरानलाई बुझाएको छ ।
वनबाट निकासी पैठारीको कागजात नभएकाले पक्राउ गरी बिहीबार वनमा बुझाइएको इप्रका धरानका इन्स्पेक्टर प्रकाश श्रीमलले बताए । उनका अनुसार आहाले १ का किरण राई, सम्भू राई र अनिल राईलाई पक्राउ गरिएको हो ।
वनस्पतीजन्य बस्तुहरु निकासी पैठारी गर्दा सम्बन्धित जिल्लाको वन कार्यालयबाट अनुमति लिएको हुनु पर्ने कानुनी व्यवस्था छ । जस अनुरुप नभएपछि पक्राउ गरी वनलाई बुझाइएको हो ।