भद्रपुर / अवैध रुपमा नेपाल भित्र्याउदै गरेको ४२ बोरा सुर्ती प्रहरीले बरामद गरी भन्सार वुझाएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीका सादा पोसाकमा खटिएको प्रहरी टोलीले झापा भद्रपुर नगरपालिका–२ स्थित डाँगीवारीवाट बरामद गरिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । गस्ति गर्ने क्रममा वेवारिसे अवस्थामा विहिवार विहान करिब ३ बजे फेला परेकोले बरामद गरी आवश्यक कारवाहीका लागी मेची भन्सार कार्यालय काकरभिट्टा वुझाइएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर राजनकुमार न्यौपानेले जानकारी दिए । सुर्ती भद्रपुरका उद्योगी पर्शुराम अग्रवालको रहेको प्रहरीले जनाएको छ । सुर्तीको अन्दाजी मूल्य ४२ हजार रहेको इन्स्पेक्टर न्यौपानेको भनाई छ । वेवारिसे अवस्थामा विहिवार विहान करिब ३ बजे फेला परेकोले बरामद गरी आवश्यक कारवाहीका लागी मेची भन्सार कार्यालय काकरभिट्टा वुझाइएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर राजनकुमार न्यौपानेले जानकारी दिए । सुर्ती भद्रपुरका उद्योगी पर्शुराम अग्रवालको रहेको प्रहरीले जनाएको छ । सुर्तीको अन्दाजी मूल्य ४२ हजार रहेको इन्स्पेक्टर न्यौपानेको भनाई छ ।