Houses-will-have-to-pass-more-easily-mapतरहरा/इटहरी उपमहानगरपालिकाले साविकका गाविसहरुमा निर्माण भएका घरको नक्सा पनि अनिवार्य पास गर्न आग्रह गर्दै नक्सा पास नगर्नेलाई कार्वाही गर्ने चेतावनी दिएको छ ।उपमहानगरपालिकाभित्र मापदण्ड विपरीत बनेका घरहरुको नक्सा पास अनिवार्य हुनुपर्ने भन्दै उपमहानगरले कडाइ गर्न थालेको हो ।

साविकका हाँसपोसा, एकम्बा, पकली र खनारले २०७० सालभन्दा अगाडि बनेका घरहरुले नक्सा पास गर्न ढिलाइ गरेको भन्दै उमपाले नक्सा पासमा कडाइ गर्न थालेको हो । वार्षिक एक हजारभन्दा बढी घर निर्माण हुने गरेको उमपामा पुराना घरहरुको नक्सा पास भएको पाइँदैन । पछिल्लो समय इटहरीमा निर्माण हुने हरेक घर दुईदेखि चार तलासम्मको हुने गरेका छन् । विशेषगरी वैदेशिक रोजगारमा जानेहरुले इटहरीमा घर निर्माण गर्दैआएको पाइन्छ । घर निर्माण बढिरहे पनि नक्सा पासमा ध्यान नदिएको कारण विशेष कडाइ गर्न थालिएको उमपाका इञ्जिनियर विकास भट्टराईले बताए । पुराना घरको नक्सा पासका साथै नयाँलाई नयाँ मापदण्ड अनुसार घर निर्माण सिफारिस गर्दैआएको उनको भनाइ थियो । उनका अनुसार साविकका गाविसहरुमा घर निर्माण गर्नेहरुको सङ्ख्या दिनानुदिन थपिँदै गएको छ ।२०४५ सालको विनाशकारी महाभूकम्पले पूर्वी नेपालको धरान लगायतका स्थानमा धेरै जनधनको क्षति गरेपछि इटहरीमा मानिसको बसोबास बढ्न थालेको हो ।

पूर्वाञ्चलको यातायात आवागमन, वाणिज्य क्षेत्रका थोक बिक्रेताको बिस्तार तथा माओवादी जनयुद्ध र मधेश आन्दोलनमा समेत शान्त इटहरी मानिस बस्नयोग्य शान्ति शहरका रुपमा विकास भएर तीब्र शहरीकरण हुन थालेपनि पुराना संरचनाहरु नियम विपरीत भएको भन्दै त्यसलाई कडाइ गर्न थालेको उमपाका बरिष्ठ इञ्जिनियर अर्जुन दाहालले बताए ।३० हजारभन्दा बढी घरधुरीमध्ये ९० प्रतिशत नक्सा पास भएको भएपनि बाँकी १० प्रतिशत घरधुरी नक्सा पास नभएको दाहालले बताए ।

साविसका गाविसहरुमा पुरानै रेटमा घर नक्सा पास गरेका कारण धेरैले नक्सा पास गराएको उनको भनाइ थियो । अभैm १० प्रतिशत घर नक्सा पास नभएको भन्दै यसलाई कडाइ गर्न उमपा लागिपरेको उनको भनाइ थियो । इञ्जिनियर दाहालले १० प्रतिशत मात्र नक्सा पास नभएको भनेपनि साविकका गाविसहरुका अधिकाङ्श घर अहिले पनि नक्सा पास नभएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।