धरान/भारतको कानपुरमा आज बिहान ३ बजेतिर रेल दुर्घटना हुँदा कम्तीमा ६३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । [caption id="attachment_18411" align="alignnone" width="1024"]People look for victims in the wreckage of the trains in Karachi, Pakistan, Thursday, Nov. 3, 2016.   Pakistani officials say a train crash has killed dozens of people in the southern port city of Karachi.  (AP Photo/Shakil Adil) फाइल तस्बिर[/caption] रेलको लिगबाट १४ वटा डिब्बा बाहिरिदा दुर्घटना भएको हो । कम्तीमा १५० जना घाइते भएको विविसीले जनाएको छ । रेल इन्डोरबाट पटनाको लागि छुटेको थियो । रेलका प्रवक्ता अनिल सकसेनाका अनुसार कानपुर देहात नजिक पुखराया स्टेशनमा इन्दोर पटना एक्सप्रेस १९३२१को १४ डब्बा पट्रीबाट छुट्टिएको थियो । डिब्बामा फसेकाहरुको उद्दारको प्रयास भइरहेको जनाइएको छ । यस घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् दुख व्यक्त गरेका छन् । उनले शोकाकुल परिवारप्रति समवेदन प्रकटसमेत गरेका छन् । रेलमन्त्री सुरेश प्रभूले उद्दार एवं राहतको कार्य भइरहेको र दुर्घटनाको तत्कालै जाँच गरी यसविरुद्ध कडा कारबाही गर्ने विविसीले बताएको खबर छ ।