किताब लेख्ने योजनामा ओबामा

barack-obama

राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जितेसँगै अब अमेरिकी ध्यान वर्तमान राष्ट्रपति बाराक ओबामा केन्द्रित भएको छ । ओबामाले २० जनवरीबाट अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस छोड्दै छन् । अब उनी के गर्ने योजनामा छन् त ? ओबामाले किताब लेख्ने योजना बनाएको न्युयोर्क टाइम्सले उनी निकट स्रोतलाई उद्धृत गर्दै जनानएको ।

न्युयोर्क टाइम्सका अनुसार उनले पुस्तकका लागि प्रकाशकसँग सम्झौता पनि गरिसकेका छन् । त्यसो त यसअघि पनि ओबामाका पुस्तक ‘बेस्टसेलर’ कृतिमा पर्छन् । उनको पुस्तक ‘ड्रिम्स फ्रम माइ फादर’ विश्वमा सर्वाधिक बिक्री भएको पुस्तकमध्ये एक हो ।

जर्ज डब्ल्यू बुसको मुख्य आम्दानी भाषण

buss जर्ज डब्लू बुस अमेरिकाका ४३ औं राष्ट्रपति हुन् । सन् २००१ देखि सन् २००९ सम्म उनले राष्ट्रपति पदको जिम्मेवारी सम्हालेका थिए । राष्ट्रपतिबाट ‘रिटायर्ड’ भएपछि बुस के गर्लान् भन्ने त्यति बेला निकै चासोका साथ हेरिएको थियो । बुसले पनि त्यस्तो कुनै योजना सार्वजनिक गरेका थिएनन् ।

तर, राष्ट्रपति पदबाट बाहिरिएलगत्तै बुसले भाषणहरु गरेर पारिश्रमिक लिन थाले । अहिले पनि उनी विभन्न कार्यक्रममा भाषण गर्न पुग्छन् । बुसले एउटै भाषणबाट ६७ लाखदेखि एक करोड डलसम्म लिन्छन् । २००९ यता उनले दुई सयभन्दा धेरै भाषण गरेका छन् ।

भाषणबाटै पैसा कमाउँछन् बिल क्लिन्टन

bill सन् १९९३ देखि २००१ सम्म अमेरिकाको राष्ट्रपति थिए, बिल क्लिन्टन । राष्ट्रपति पदबाट रिटायर्ड भएपछि उनले पनि भाषण गरेरै आम्दानी गरिरहेका छन् । सन् २०१६ को निर्वाचनका लागि उनकी पत्नी हिलारी क्लिन्टन डेमोक्रेटिककी राष्ट्रपति उम्मेदवार थिइन् । यसका लागि पनि उनले निकै समय खर्चिए । क्लिन्टनले एउटा भाषणबाट २२ लाख ५० हजार भन्द धेरै डलर लिन्छन् । सन् २००१ यता उनले ५ सय ४२ भन्दा धेरै भाषण दिइसकेको वासिङ्टन पोस्टले जनाएको छ ।

कार्टर सेन्टरमा व्यस्त जिम्मी कार्टर

bill kil सन् १९७७ देखि १९८१सम्म अमेरिकी राष्ट्रपतिको पद सम्हालेका जिम्मी कार्टर अहिले पनि कार्टर सेन्टरको संस्थामा व्यस्त छन् ।

विशेषतः शान्ति प्रक्रियाका लागि विश्वका विभिन्न देशमा उनले यो संस्था स्थापना गरेका छन् । यो संस्थाले गरिव नागरिक र शान्ति स्थापनामा निरिक्षण गर्नुलाई आफ्नो मुख्य अजेन्डा बनाउँदै आएको छ ।  नयाँ पत्रिकाबाट