-
Home
-
स्वास्थ्य
-
नाइजेरियाको रिफ्ट उपत्यकामा ज्वरको सङ्क्रमणले बत्तिस व्यक्तिको मृत्यु
नाइजेरियाको रिफ्ट उपत्यकामा ज्वरको सङ्क्रमणले बत्तिस व्यक्तिको मृत्यु
- मंसिर ३, २०७३
- ब्लाष्ट खबर
नियामी/पश्चिमी नाइजेरियाको ताहुवा अञ्चलको रिफ्ट उपत्यकामा गत अगस्टको अन्त्यबाट सुरु भएको ज्वरको सङ्क्रमणको कारण कम्तिमा ३२ व्यक्तिको मृत्यु भएको छ ।
राष्ट्रको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ ।
नाइजेरियाको राष्ट्रिय रेडियो प्रसारणद्वारा प्रसारित स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा यस ज्वरको प्रकोपबाट २३० व्यक्ति प्रभावित भएका छन् । खास गरी जनावरमा सङ्क्रमण हुने यो ज्वरले दुर्भाग्यबस मानिसमा सङ्क्रमण भई ३२ व्यक्तिको मृत्यु भएको छ ।
मानिसमा यस ज्वरको लक्षण ज्वर आउने, टाउको दुख्ने, पेट दुख्ने रहेको छ भने जनावरमा ज्वर आउने र रक्तश्राव हुने रहेको छ । रासस/एएफपी