धरान/नेत्र विक्रम चन्द नेतृत्वको नेकपमा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज पुर्व सहित देशै भरिको जनजीबन अस्तब्यस्त बनेको छ,सर्वसाधारणले सास्ती पाएका छन् ।पुर्वका अधिकाशं शहरहरु सुनसान रहेको हाम्रा संबाददाताहरुले जनाएका छन् । बन्दका कारण सडकमा सार्वजनिक सवारी साधनकोचलेका छैनन भने गन्तब्यमा हिडेका सर्बसाधरणहरु बिचबाटो मै अलपत्र परेका छन् । धरानको भानुचौकमा पुर्वी पहाडि जिल्ला हिडेका सर्बसाधरण अलपत्र परेका छन् भने पहाडि जिल्लाबाट तराइका लागि ल्याइएको तरकारी ,फलफुल लगायतका सामाग्रि बोकेका गाडि बिचबाटो मै रोकिएका छन् ।