-
Home
-
पूर्व
-
प्रहरी र नागरिकबीच सम्बन्ध सुर्धान सार्वजनिक सुनुवाई
प्रहरी र नागरिकबीच सम्बन्ध सुर्धान सार्वजनिक सुनुवाई
- कार्तिक २५, २०७३
- ब्लाष्ट खबर
धरान /प्रहरी र नागरिकबीच सम्बन्ध सुधार गर्न जिल्ला प्रहरी कार्यालय धनकुटाले बिहीबार डाँडाबजारमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
कार्यक्रममा नागरिकहरुले विभिन्न गुनासाहरु राखेका थिए । भानु उच्चमाविको मैदानमा सम्पन्न कार्यक्रम पाष्टर युवराज राईले पछिल्लो समय इसाई धर्मालम्बीहरु असुरक्षित महसुस गरिरहेको बताए । त्यस्तै महिला शसक्तिकरणका अध्यक्ष दुर्गा रैकाले मदिरा नियन्त्रणमा प्रहरीको सक्रियता बढाउनु पर्ने बताएकी थिइन् । प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत खनकलाल चौधरीले कालगतिले मृत्यु भएकोको हकमा पोष्टमार्टमको लागि जिल्लामा लानु पर्ने बाध्यतालाई हटाउँदै डाडाबजारमै व्यवस्था गर्नको लागि आग्रह गरेका थिए ।
निवर्तमान गाविस अध्यक्ष कुमारजङ्ग याक्खाले प्रहरीको उपस्थितिले डाडाबजार केही शान्त रहेको बताउँदै डाडाबजारमा आउनु पर्ने दरबन्दी पूरा गर्नको लागि आग्रह गरेका थिए । नागरिकहरुको गुनासो सुनेपछि जिल्लाबाट आएका एसपी विभूतीराज पाण्डेले पोष्टमार्टमको विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा गरेर त्यसको यही व्यवस्था गर्ने बताए ।
इसाई धर्मालम्बीको विषयमा एसपी पाण्डेले सबै धर्मालम्बीहरुलाई बराबर भएकाले त्यस्तो अनुभूति मात्रै भएको हुन सक्ने र त्यस्ता अप्ठ्यारा खतरा भएको खण्डमा प्रहरीलाई गुहार्नको लागि आग्रह गरेका थिए । उनले सामुदायिक मेलमिलापलाई सक्रिय बनाउनको लागि अस्थायी प्रहरी चौकीलाई निर्देशन दिँदै प्रहरी मेरो साथी कार्यक्रम सञ्चालन गर्ने बताए । मदिरा नियन्त्रणको लागि होटलहरुसँग छलफल गरेर स्थानीय स्तरबाटै त्यसलाई नियन्त्रणमा लाग्न उनले आग्रह गरेको ध्रुब गाउलेले बताए ।