भद्रपुर/नेकपा एमालेसहित साना ६ राजनैतिक दलले झापामा भएको स्थानीय तह पुनरसंरचनाको बिरोधमा कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाएका छन् । स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति झापाले दुई दिन अघि नेकपा एमाले लगायत ६ वटा दलहरु बाहेक नेपाली काँग्रेससहित केहि राजनैतिक दललाई राखेर एक पक्षीय रुपमा १५ वटा स्थानीय तहलाई सर्वदलीय बैठकले निर्धारण गरेको निर्णयको प्रचारवाजी विरुद्ध ज्ञापन पत्र बुझाएको हो ।
एमालेका झापा इन्चार्ज तथा सांसद रविन कोइराला,नयाँ शक्ति नेपालका प्रतिनिधी रोम घिमिरे,नेकपा मालेका सचिव नवराज खरेल,सदभावनाका सचिव ओमनारायण राजवंशी,नेकपा संयुक्त उपाध्यक्षमहेन्द्र लावती र राष्ट्रिय जनमुक्तिका अध्यक्ष परशुराम मगरले बुधवार संयुक्त रुपमा हस्ताक्षर सहितको जिल्ला विकास समिति झापाका योजना अधिकृत दीपक दाहाललाई बुझाएका थिए । झापाका विभिन्न क्षेत्रवाट ठुलो संख्यामा आएका नागरिकले ज्ञापन पत्र बुझाउनु भन्दा अघि स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी खेमराज ओझाले नै गरेको निर्णयबारे प्रष्ट पार्नु पर्ने अडान लिएपनि राज्य मन्त्री आएका कारण उनि उपस्थित नभएपछि योजना अधिकृतलाई वुझाइएको सांसद कोइरालाले बताए ।
समितिले जिविसमा बोलाएको बैठकमा १ बजे देखि ४ बजेसम्म बस्दा समेत संयोजकले अन्य दल नआएको भन्दै माइन्युट समेत नगाराएपछि गत भदौ २७ गते सर्वदलिय रुपमा पारित भएको ११ वटा स्थानीय तहनै कायम गराउनु भनी एमाले लगायत ६ दलले दिएको सुझावलाई वेवास्ता गर्दै एक पक्षीय निर्णय गराई सर्वदलिय बैठकको निर्णय हो भनि प्रचार गर्ने कार्यप्रति विरोध जनाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । समितिले काग्रेस लगायत केहि पार्टीले गरेको निर्णयलाई नै सर्वदलिय निर्णय ठान्छ भने त्यो दुर्भाग्यपुर्ण हुने साथै भाद्र २७ मा गरेको निर्णयलाई नै कार्यान्वयन गर्न जोडदार माग गरिएको पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझ्दै अधिकृत दाहालले केन्द्रिय आयोग तथा समितिमा पत्र बुझाइदिने प्रतिबद्धता जनाएका छन् । जिविसमा ज्ञापन पत्र बुझाएपछि मापदण्ड विपरितको स्थानीय तहको सिफारिस खारेज गर,प्राविधिक समितिको एक पक्षीय निर्णय खारेज गर ,झापाली दलहरुको सहमतिय संस्कृति कायम गर लगायतका नारावाजी गर्दै जिवसवाट जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।
सोहि दलले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मदन भुजेललाइ समेत बुझाएका थिए । प्रजिअ भुजेलले सहमतिका आधारमा सवै दल मिलेर जानु उचित भएको हुने भन्दै समिति तथा आयोगमा जानकारी गराउने बताए । कार्यक्रलाई संबोधन गर्दै सांसद कोइरालाले संयोजकलाई त्रृटि सच्याउने समय दिएको उल्लेख गर्दै यस्लाई वेवास्था गरेमा तालावन्दी गरी जिविस चल्न नदिने चेतावनी दिए । कार्यक्रममा नया शक्तिका घिमिरे,सांसद हरि राजवंशी लगायतले समितिले गरेको निर्णय प्रति आपत्ती जनाएका थिए । प्रविधिक समितिले झापामा ८ नगरपालिका ,एक उपमहानगरपालिका र ६ गाउँपालिका हुने गरी १५ वटा स्थानीय तहको टुगंो लगाएको थियो । यता क्षेत्र नम्बर ७ मा रहेका राजनीतिक दलहरुले दमकलाई उपमहानगरपालिका बनाउनु पर्ने माग गदै गठन गरेको आन्दोलन परिचालन समितिले बुधवार आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको छ ।समितिले दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्षेत्र नम्वर ७ भित्र विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
दमक नगरपालिका, लखनपुर, तोपगाछी, धरमपुर गाविसलाई दमकमा गाभेर दमक उपमहानगरपालिका नबनाएसम्म अति आवश्यकीय सरकारी साधान बाहेक भोलिदेखि सरकारी सवारी साधन चलाउन नदिने, अनिश्चितकालीन सरकारी कार्यालय बन्द गर्ने, सार्वजनिक स्थान र सरकारी कार्यालय अगाडि कालो झण्डा गाडेर आन्दोलन गर्ने निर्णय भएको समितिले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, सबै राजनीतिक दलका केन्दीय अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाउने, क्षेत्र नम्वर ७ भित्रका गाविस र नगरपालिकाहरुमा सर्वपक्षीय र सर्वदलीय छलफल अन्तरक्रिया कार्यक्रम गर्ने पहिलो चरणको तालिका रहेको आन्दोलन परिचालन समितिका संयोजक गगन पुरीले बताए । दलहरुको बैठकले आन्दोलन परिचालन समिति ५०१ जनाको बनाएको छ । जसको संयोजक पुरी रहेका छन्