धरान / अदालतवाट सजाय पाएर पनि खुलेहाम हिडिरहेकाहरुलाई पक्राउ गर्न धरान प्रहरीले सुरु गरेको छ । ईलाका प्रहरी कार्यालयले अदालतवाट फरारको सुची नै मागेर पक्राउ अभियान चलाउने जनाएको छ । धरान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले अदालतसँग फरारको विस्तृत विवरण सहितको सुचि मागिएको समेत जानकारी दिएका छन् ।
उनले विभिन्न अभियोगमा अदालतले दोषी प्रमाणित गरि सजाय तोकेका तर प्रहरीको आँखा छलेर हिडिरहेका जो कोहि भएपनि समातेर अदालतमा वुझाउने वताएका छन् ।
सुनसरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी प्रमाणीत गरेका धरान–१७ का गोकुल राईलाई ईलाका प्रहरी कार्यालय धरानको टोलीले मंगलवार राती उनकै निवासवाट पक्राउ गरेको छ । पक्राउ परेका राई विरुद्द ०५६ साल भाद्र ३१ गते प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारवाहि चलाएको थियो । सो मुद्दाको फैसला ०५७ वैसाख ६ गते जिल्ला अदालतले फैसला गर्दै ५ महिना ३१ दिन जेल सजाय सुनाएको थियो । रिकभरी नामक संस्थामा रहदै उनि प्रहरीवाट जोगिदै आएका थिए।
यसरी अदालतले दोषी प्रमाणीत गरका तर धरानमा खुलेहाम हिडिरहेकाहरुको संख्या ५ सयको हाराहारीमा रहेको प्रहरी स्रोतले वताएको छ । जिल्ला अदालत सुनसरीले जिल्ला प्रहरीलाई फरारको सुची नै वनाएरु पक्राउ गर्न भनेपनि धरानको हकमा भने प्रहरीले वल्ल एक जनालाई समातेर पक्राउ अभियान थालेको वताएको छ ।