धरान/अमेरिकी नयाँ राष्ट्रपतिमा ट्रम्प विजयी बनेका छन् । राष्ट्रपति हुनको लागि ल्याउनु पर्ने मत संख्या २७० मा उनले २७९ ल्याएका छन् ।

रिपब्लिकनका उम्मेद्वार उनको यो जीतसँगै उनका समर्थकहरु यतिखेर खुसीले नाँच्न थालेका छन् । डेमोक्रेट पार्टीकी हिलारी क्लिन्टनले भने हालसम्म २१८ मात्रै ल्याएकी छिन् । यसअघिसम्म गरिएको मत सर्वेक्षणमा भने हिलारी अघि देखिएकी थिइन् ।
तर, चुनावमा भने पल्टा खाएकी छन् । केही दिन अघिदेखि सुधारिएको ट्रम्पको मत अहिले आएर सावित भएको छ । ट्रम्पको पक्षमा मिडियाहरुसमेत खुलेर विरोधमा लागेका थिए । आखिर अमेरिकी जनताले भने व्यवसायिक घरनाका अर्वपतिमा पर्ने ट्रम्पलाई नै जिताएका छन् । उनी अमेरिकाको ४५ औं राष्ट्रपति बनेका छन् ।
उनले सिनेट तर्फ ५० चाहिनेमा हाल ट्रम्पको पार्टीले ५१ इलेक्ट्रोल मत ल्याएका छन् । त्यस्तै हाउस तर्फ पनि २३५ ल्याएका छन् । खास चाहिने २१८ हो ।