धरान /पूर्वराजा ज्ञानेन्द्र शाह आज बुधबार दिउँसो सिंगापुर प्रस्थान गर्ने भएका छन्।

दुई साता सिंगापुर बसेर उनी त्यतैबाट भारत जाने कार्यक्रम तय भएको बताएको छ । पूर्वराजा शाहका सहयोगी फडिन्द्र पाठकले सिंगापुर भ्रमणको उद्देश्यबारे भने खुलाएनन् ।
नेपालको राजनीतिक घटनाक्रमप्रति असन्तुष्ट बनेका शाहले पछिल्लो समय काठमाडौंमा भएको अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनमा सार्वजनिक सम्बोधन गरेका थिए। विजयादशमीमा दिइएको शुभकामना सन्देशमा पनि उनको असन्तुष्टि पोखिएको थियो।
भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहिनताको अन्त्य नभएको, घरपरिवार छाडेर पराई भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवा मुक्त नभएको तथा अपराध र अपराधीकरणलाई निरुत्साहित नगरिएकोमा उनले चिन्ता व्यक्त गरेका थिए।