repपथरी/सुतेको ठाउँमा गएर आधा रातमा करणी गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।केरानै–८, दलेलीका गिरिजा भन्ने २५ वर्षीय कृष्ण चौधरीलाई पीडितको परिवारले पक्राउ गरि राति नै प्रहरीलाई बुझाएको हो । कात्तिक ११ गते राति १ बजे सुतेको ठाउँमा छोरी एक्कासी चिच्याएपछि बुबा र आमाले गएर हेर्दा चौधरीलाई भेटेका थिए । करणीको प्रयास गर्दा छोरी चिच्याएको उनको परिवारले बताएको प्रहरीले जनाएको छ । छोरी चिच्याएपछि जाँदा चौधरीलाई खाटमुनि लुकेको अवस्थामा परिवारले पक्राउ गरेको बताइएको छ । पीडित परिवारले चौधरीलाई राति नै प्रहरी बोलाएर बुझाएको थियो । पीडित पक्ष र चौधरी छिमेकी हुन् । बुबा, आमा र छोरी एकै कोठामा अलगअलग खाटमा सुत्ने गरेका थिए । जबर्जस्ती करणी उद्योगमा उनीविरुद्ध मुद्दा दर्ता गरेको पथरीका इन्स्पेक्टर रमेश बस्नेतले बताए ।