इटहरी/२०७१ भदौ ३१ गते इटहरीस्थित अरुण गेस्टहाउसमा भोजपुर ठेगाना लेखाई विनोद शाहीका नाममा दुईजना बस्ने गरी कोठा बुक भयो । उनीहरुले गेस्टहाउसको रजिष्टरमा आपूहरु श्रीमान्–श्रीमती भएको लेखाए । बेलुका खानाको समेत अर्डर दिएका उनीहरु खाजा खाएर एकाएक हराए । बाहिरबाट काठोमा चुकुल लगाएर उनीहरु हिँडेको होटल सञ्चालकको भनाइ थियो ।
दुई दिनमा उनीहरु बसेको कोठा गन्हाउन थालेपछि होटल सञ्चालकले सफा गर्ने क्रममा पलङभित्र विनोदसँगै आएकी महिलाको शव गन्हाउन थालेको अवस्थामा फेला प¥यो । घटनाका विषयमा प्रहरीले अनुसन्धान थाल्यो । अन्ततः वास्तविकता पत्ता लाग्यो । विनोद शाही नाम लेखाउने व्यक्ति पाँचथरको दुरदिम्बा–१ का ३९ वर्षीय तेजबहादुर घिमिरे रहेछन् । सँगै आउने महिला ३३ वर्षीया कुमारी सेन्दाङ भएको पछि पत्ता लाग्यो ।यसैगरी भर्खरै तिहारको बेला तरहराको भोजपुरे होटलमा खाँदबारी–२ ठेगाना र नाम रवीन्द्र थापा लेखाएर एकजना बस्न आए । बिहानीपख उनैले पेस्तोलबाट गोली चलाए । होटल सञ्चालक जङ्गमान राई र ती व्यक्तिको निशाना बनेका धनकुटाको चानुवाका खयर व्यापारी तोर्णबहादुर पौडेल घाइते भए ।
दुवैमाथि गोली प्रहार गर्ने व्यक्तिबारे प्रहरीले अनुसन्धान थालेपछि दुई दिनमै पत्ता लाग्यो– होटलमा बस्ने व्यक्ति रवीन्द्र थापा नभएर विराटनगरमा बस्ने गरेका १७ वर्षीय मिसन भनिने हरिप्रसाद विष्ट रहेछन् । केही समयअघि इटहरीकै स्वागत होटलमा पनि महिलाको शव फेला परेको थियो । होटलमा रात बिताउने गरी आउने ग्राहकको स्पष्ट ठेगाना र सम्पर्क नम्बर नराख्दा होटल सञ्चालकले अनावश्यक तनाव व्यहोर्नु प¥यो । इटहरीमा यस्ता घटना ढिलोचाँडो भइनै रहेका छन् तर अभैm पनि इटहरीका होटल व्यवस्थित हुन सकेका छैनन् ।इलाका प्रहरी कार्यालयले बास बस्ने गरी आउने पाहुनाका नाम, ठेगाना खुलाउन होटल व्यवसायीलाई आग्रह गर्ने गरेको छ । उनीहरुको परिचयपत्र अनिवार्य गरी मोबाइल नम्बर जाँच गरी लिएर मात्रै पाहुनालाई बसाउने काम गरे होटल व्यवसायी नै सुरक्षित हुने इटहरीका डीएसपी नरेशराज सुवेदी बताउँछन् ।त्यसो त इटहरी र वरपर गरी लजसहित सञ्चालन गरिएका होटल कति छन् भन्ने यकिन तथ्याङ्क अहिलेसम्म छैन । इटहरीको होटल व्यवसायी सङ्घका सचिव उमेश दाहालका अनुसार सङ्घमा अहिले पनि २ सय ५० भन्दा बढी होटल आबद्ध छैनन् ।
उनकै भनाइलाई मान्ने हो भने पनि इटहरी र यस वरपर होटल र लजसहित एक हजारको हाराहारीमा होटल सञ्चालनमा छन् । २०५३ सालमा स्थापना भएको सङ्घले इटहरी र वरपरका सबै होटललाई सङ्घमा ल्याउन पहल नगरेको हो वा होटल तथा लज व्यवसायी नै आउन नचाहेका हुन्, यस्ता आपराधिक घटनाले अनुसन्धानको विषय बनाएको छ ।सङ्घका अध्यक्ष अनुरोध थापा भने होटल व्यवसायी मात्रै नभएर सबै खाले व्यवसायीले कानूनी प्रक्रिया पूरा गर्नुपर्ने बताउँछन् ।
विशेष गरेर होटल व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आपूmहरुले संस्थामा आबद्ध भएका होटल होटल तथा लजलाई अनिवार्य सीसी क्यामेरा जडान गर्न र पाहुनाको नाम परिचयपत्रसहित दर्ताको व्यवस्था गर्न पहल गरि नै रहेको उनले बताए । यसका लागि स्थानीय निकायले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ । ‘कानूनी प्रक्रिया नपु¥याउँदा होटल सञ्चालक नै समस्यामा पर्ने गरेका छन्’, उनले भने, ‘व्यवस्थित र मर्यादित रुपमा व्यवसाय सञ्चालन गर्न व्यवसायी पनि सचेत हुनुपर्छ ।’ नगरपालिले पनि सबै व्यवसायीलाई दर्ता प्रक्रियामा ल्याउन पहल गरे आपूmले सहयोग गर्ने अध्यक्ष थापाले बताए ।
इटहरी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख प्रोक्षण पोख्रेलका अनुसार इटहरीका होटल व्यवस्थित बनाउन आचार संहिता नै जारी गरिएको भए पनि प्रभावकारी कार्यान्वयन नभएको अवस्था छ । होटललाई आचार संहिताभित्र ल्याउन सके आपराधिक क्रियाकलाप नियन्त्रणका साथै राजस्वसमेत बढ्ने उनले बताए ।