म्यानहाट्टन/विश्वविख्यात पप गायिका म्याडोन्नाले सोमबार साँझ न्युयोर्कको अति ब्यस्त ब्यापारिक इलाका म्यानहाट्टनको मुटु – वासिङ्गटन स्क्वायर पार्कमा अप्रत्यासित रुपमा सङ्गीत कार्यक्रम आयोजना गरी गायन कला प्रस्तुत गरिन् । [caption id="attachment_18814" align="alignnone" width="1024"]A large crowd gathers on Independence Mall before a rally for Democratic presidential candidate Hillary Clinton in Philadelphia, Monday, Nov. 7, 2016. (AP Photo/Andrew Harnik) A large crowd gathers on Independence Mall before a rally for Democratic presidential candidate Hillary Clinton in Philadelphia, Monday, Nov. 7, 2016. (AP Photo/Andrew Harnik)[/caption] कुनै पूर्वप्रचारबिना वा कसैलाई सुईंकोसम्म नदिई आयोजित उक्त सङ्गीतमय साँझमा उनले “एक्स्प्रेस योरसेल्फ”, “डन्ट टेल मि”, “लाइक अ प्रेयर” जस्ता अति लोकप्रियका साथै अन्य केही गीतहरु गाएर श्रोताहरुलाई मक्ख पार्दै हिलारी क्लिन्टनका पक्षमा मत मागिन् । म्याडोन्नाको सङ्गीत सुन्न तँछाड्मछाड् गर्दै तत्कालै जम्मा भएका श्रोताहरुको भीडलाई सम्बोधन गर्दै “हामीले अमेरिकालाई फेरी फेरी महान बनाइरहनु पर्दैन, बरु अमेरिकी महानतालाई सदैव कायम राख्न हामी सबै एक ढिक्का हुनु जरुरी छ । कसैलाई भेदभाव नराखी सबैलाई एकताको सूत्रमा बाँध्ने राष्ट्रपतिलाई जिताउन हामी गइरहेका छौं” उनले भनिन् । अमेरिकी झण्डाको चित्र (स्टार एण्ड स्ट्रिप) अङिकत ह्याटमा सजिएकी यी गायिकाले आफ्नो प्रस्तुति दिउन्जेल सबै श्रोताहरुले उनलाई घेर्दै झुली झुली सँगसँगै गीत गाए । आधा घण्टासम्म सञ्चालित सो कार्यक्रममा हिलारीका पक्षमा मत माग्दै केही श्रोताले “एलबिजिटि फर एच” अङिकत प्लेकार्ड प्रदर्शन गरे । मतदान केन्द्र खुल्नु चौध, पन्ध्र घण्टा बाँकी रहेको यस अवधिमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प दुबैजना एक एक भोटलाई महत्व दिँदै आफ्नो पक्षमा पार्ने तीव्र होडबाजीमा लाग्नु भएको पाइन्छ । रासस/एपी