धरान/पाकिस्तानी सेना र हालको निर्वाचित सरकारबीच बढेको मतभेदका विषयमा समाचार लेखेका कारण एक पत्रकारलाई देश छाड्न पाकिस्तानी सरकारले प्रतिबन्ध लगाएको छ ।

सर्जिकल स्ट्राइको विषयलाई लिएर बढ्दो बढ्दो तनाव र पाकिस्तानलाई विश्वव्यापी दवाव बारे समाचारमा उल्लेख गरेकै कारण सिरिल अल्मिडालाई देश छाड्न प्रतिबन्ध लगाएको हो ।
उनी कोलमिस्ट तथा डँन पत्रिकाका पत्रकार हुन् । अल्मिडालाई पाकिस्तानी सरकारले 'एक्जिट कन्ट्रोल लिस्ट' मा समावेश गरेको छ । उक्त सूचीमा पर्ने कोही पनि पाकिस्तानको सीमा नाघेर बाहिर जान नपाउने नियम छ ।
अल्मिडाले ट्विटमा भनेका छन् ‘स्तब्ध, दुखी। यहाँबाट कतै जाने उद्देश्य छैन। यो मेरो घर हो, पाकिस्तान ।’ उनले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र सेनाको गुप्तचर प्रमुख राहिल सरिफबीच विवाद भएको विषय प्रकाशित गरेका थिए।
अल्मिडाले मंगलबार परिवारसँगै दुवई घुम्न जाने बुकिङ गरेका थिए। तर, सोमबार साँझ उनले मुलुकको भूगोल काट्न नपाउने पत्र पाए।