हाइटीको मूख्य सहरको रुपमा परिचित जेरेमी पूर्ण रुपमा ध्वस्त भएको छ । यो आँधी हाइटी, क्युवा हुँदै अमेरिकाको फ्लोरिडा तर्फ मोडिएको छ ।
जेरेमीका ८० प्रतिशत घरहरु ध्वस्त बनेको सञ्चारमाध्यमले बताएको छ । हाइटीकै दक्षिणी शहर सूदमा ३० हजार घर ध्वस्त भएको छ । आँधीका कारण हाइटीमा राष्ट्रपति चुनाव स्थगित भएको छ ।
क्यारिबियन देशमा पछिल्लो दशकमा आएको आँधीमा म्याथ्यू सबैभन्दा शक्तिशाली भएको मानिएको छ । यो पछिल्लो १२ वर्षकै शक्तिशाली आँधी भएको बताइएको छ ।
































