धरान /आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै एक बिद्यार्थी नेताले छात्रामाथी छुरा प्रहार गरेका छन् । छुरा प्रहारबाट छात्रा गम्भिर घाईते भएकी छिन् । घटना बङगलादेशको हो ।खाजिदा बेगम नाम गरेकी ती छात्रामाथि साइलहेत जिल्लामा रहेको मुरारी चन्द विश्वविद्यालयको क्याम्पस परिसरमा आक्रमण भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

xura

परिक्षा सकेर फर्कदैँ गर्दा उनीमाथि छुरा प्रहार भएको हो ।बंगालदेशमा प्रेम प्रस्ताव अस्विकार गरेकै कारण महिलामाथि आक्रमण भएको पछिल्लो तिन महिनामा चौंथो पटक हो ।खाजिदाका अंकल जाहिद अहमदले बदरुल आलम नाम गरेका विद्यार्थी नेताले लामो समयदेखि उनलाई पछ्याइरहेको र प्रस्ताव अस्वीकार गरेपछि आक्रमण गरेको बताए ।

घटना हुँदा धेरै विद्यार्थीहरु उपस्थित भए पनि उनीहरुले मोबाइलमा घटनाको भिडियो खिच्नुबाहेक आक्रमणकारीलाई रोक्ने प्रयास नगरेको बताईएको छ ।घटनाका प्रत्यक्षदर्शी अबदुल कादिरले भने, ‘मैले कोही चिच्याएको सुने । फर्केर हेर्दा एउटा युवकले एउटी युवतीमाथि छुरा प्रहार गरिरहेको थियो । आक्रमणकारी यति हिंस्रक थियो, कसैले उसलाई रोक्ने प्रयास पनि गर्न सकेनन् ।’