धरान/ अन्तर्राष्ट्रिय मुदाकोषले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गर्दै मध्यपूर्व तथा उत्तरी अफ्रिकामा क्षेत्रीय तनाव र गृहयुद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएपछि यस क्षेत्रको जनजीवन आगामी दिनमा आर्थिक रुपमा पनि सङ्कटपूर्ण रहने जनाएको छ ।
कोषले गरेको विश्वको आर्थिक सर्वेक्षण प्रतिवेदनमा भनेको छ, पेट्रोलियम पदार्थमा आएको सामान्य सुधारबाट मध्यपूर्वी तथा उत्तर अफ्रिकी मुलुकको आर्थिक वृद्धिमा खासै प्रभाव पार्न नसक्ने देखिएकोे छ ।
प्रतिवेदनमा दोस्रो विश्वयुद्धपछि पनि यी दुई क्षेत्रका मुलुकले अन्य राष्ट्रको तुलनामा द्वन्द्वका कारण सिरियालगायतका केही मध्यपूर्वी देशहरुमा ठूलो मात्रामा जनधनको क्षति परेको र यी देशहरुमा यसको असर लामो समय आर्थिक सङ्कट रहने मुद्राकोषको भनाई छ ।
मध्यपूर्वी क्षेत्रका सिरिया, इराकलगायतका केही देशमा आन्तरिक शरणार्थीको ठूलो बोझ रहेको छ भने यी देश छोडी छिमेकी मुलुक तथा युरोप र अमेरिका पुग्ने मानिसको भीड पनि सानो छैन ।