धरान/भारतीय प्रधानमन्त्री नरेन्द्रलाई गाली गरेको पत्र बोकेको  एउटा पाकिस्तानी  परेवालाई भाारतीय  सीमा सुरक्षा गार्डले पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएका छन्।उक्त परेवाको खुट्टामा बाँधिएको एक पत्रमा  मोदीलाई गाली गरिएको छ। उक्त पत्र र्उदु भाषामा लेखिएको छ।

parewa

उक्त पत्रमा लेखिएको छ, ‘मोदीजी हामीलाई सन् १९७१ मा भएको पाकिस्तान –भारत युद्ध ताकाको जस्तो नागरिक सोच्ने भुल नगर अहिले  पाकिस्तानका हरेक बच्चासमेत भारतसँग युद्ध लड्न तयार छन्।’भारतीय अखबार दि टाइम्स अफ इन्डियाका अनुसार  खैरो रंगको उक्त परेवा आइतबार सिम्बाल पोस्ट नजिकैबाट पक्राउ गरिएको हो।

उक्त पोस्ट इन्स्पेक्टर रमेशकुमारले परेवालाई नियन्त्रणमा लिएको बताउँदै यस विषयमा थप अनुसन्धान भैरहेको बताए।आइतबार नै सोही पोस्ट नजिकै मोदीलाई धम्कीको भाषा प्रयोग गरिएको सन्देश बोकेको दुईवटा बेलुन भेट्टाइएको थियो। भारत पाकिस्तानको तनाव अहिले उत्कर्षमा रहेको छ। दुवै देश एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन्।एजेन्सीबाट