धरान/रसियाली र सिरियाली सेनाको संयुक्त हवाई आक्रमणमा सिरियाको विद्रोही नियन्त्रित एलेप्पो सहरको एक सबैभन्दा ठूलो अस्पताल क्षतिग्रस्त भएको छ । जसमा दुइजनाको मृत्यु भएको छ ।

हमलामा १३ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । यस आक्रमणमा बिरामीका दुई अविभावकहरुको मृत्यु भएको बताइएको छ ।
विद्रोहीहरुका अनुसार उक्त अस्पतालमा कम्तीमा पनि सात मिसाइलहरु प्रहार गरिएको थियो ।उक्त अस्पतालमा एक सातामा यो दोस्रो आक्रमण हो ।
अमेरिका तथा संयुक्त राष्ट्रसंघले एलेप्पोमा भइरहेको हमला रोक्न तथा कुटनीतिक निकास निकाल्न आग्रह गरिरहेको बेला अस्पतालमा आक्रमण भएको हो ।
शनिबारको उक्त हमला विद्रोहीहरुको आपुर्ति रोक्ने उद्देश्यले पूर्वी एलेप्पोको एलेप्पो–कास्टेलो सडक,मलाह जिल्ला तथा हन्दरत क्याम्प वरपर केन्द्रित गरिएको थियो ।
सहरको सुलेमान अल हलाबी क्षेत्रमा पनि आक्रमण भएको बताइएको छ ।