धरान/काश्मिर स्थित भारत र पाकिस्तानको सिमामा दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ । kasmir समाचार संस्था रोयटर्सका अनुसार छ घण्टासम्म चलेको उक्त गोलीबारी पाकिस्तान नियन्त्रित काश्मिरको भिम्बेर, हट स्प्रिङ, केल तथा लिपा क्षेत्रमा भएको पाकिस्तानी सेनाको मिडिया बिभागले एक बिज्ञप्तीमार्फत जनाएको हो । एक भारतीय सैनिक अधिकृतकले बताए अनुसार पाकिस्तानी सेनाले उत्तरी काश्मिर को नौगाम क्षेत्रको भारतीय पोस्टमा मध्यरातमा आक्रमण गरेको तथा त्यसको जवाफमा भारतले मोर्टार आक्रमण गरेको थियो । तर भारतीय सेनामा भने कुनै क्षती नभएको बताइएको छ । भारत नियन्त्रित काश्मिरमा १८ जना भारतीय सेनाको ज्यान जाने गरि भएको बिद्रोही आक्रमणपछि दुई देशहरुबीच तनाव बढेको सन्र्दभमा यो घटना भएको हो । भारतले पाकिस्तानलाई आतंककारीको राष्ट्रको आरोप लगाउँदै काश्मिरमा भएको घटनाका लागि पाकिस्तानले तालिम प्राप्त व्यक्तिहरु पठाएको आरोप लगाएको थियो । भारतले लगाउँदै आएको आरोपलाई अस्वीकार गर्दै आइरहेको छ ।