बेलबारी/ माओवादी सम्वद्ध दशवटा घटकको जेठ ६ गते काठमाण्डौमा पार्टी एकता भएपछि विभिन्न समस्याका वावजुध माओवादी केन्द्रले मोरङको क्षेत्रिय एकता भेलाहरु धमाधम हुन थालेको छ ।पार्टी एकता संगै संगठन निर्माणको क्रममा पद विभाजनमा समस्या देखिएपछि केहि असन्तुष्टहरु पनि देखिएका हुन् ।

यद्यपी पार्टीले अहिले एकता भेला भएको हुँदा पार्टी निर्माणमा सबैको अपनत्वलाई स्वीकार गर्ने र सबैलाई समेट्ने नीति लिएको छ । र, ठूलो संख्यामा रहेको समितिलाई पार्टीको अधिवेशनबाट टुङ्ग्याउने नीति लिएको बुझिएको छ ।यहि क्रममा आईतवार मोरङ जिल्ला क्षेत्र नं. ३ को पार्टीको एकता भेला सम्पन्न भएको छ । भेलाले अविनाशलाई ईन्चार्ज, सुरेश किराँतीलाई सहईन्चार्ज र प्रकाश राईलाई संयोजकको रुपमा चयन गरेको छ । भेला माओवादी केन्द्रका मोरङ ईन्चार्ज कुशल लिम्बूको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा मोरंगका संयोजक गोपी आछामी,सहसंयोजक गणेश उप्रती , दिपक भट्टराई लगायतको उपस्थिति रहेको थियो ।यस अघि मोरंगको क्षेत्र नं. ९ , ७,२ विराटनगरको एकता भेला भईसकेको छ ।
क्षेत्र नं. ९ मा प्रेम मिभक ईन्चार्ज र संयोजक एटम रहेका छन् । त्यसैगरी ७ मा विनिता घिमिरे ईन्चार्ज र किरण ओजा संयोजक रहेका छन् । २ नम्बर क्षेत्रमा दिनानाथ तिम्सिना ईन्चार्ज र बालकुमार मगर संयोजक भएका छन् ।यसैगरी क्षेत्र नं. ३ मा राजेन्द्र मण्डल ईन्चार्ज र प्रकाश राई संयोजक रहेका छन् । विराटनगरको ईन्चार्ज भोगेन्द्र यादव र संयोजक नमिता न्यौपाने रहेका छन् । त्यसैगरी जिल्ला पार्टीले पदाधिकारीहरुलाई विभिन्न विभागहरु बनाएर ईन्चार्जको जिम्मेवारी तोकेका छन् । जनवर्गीय संघठनमा शुशिल , जातिय पहाडी समुदायमा प्रकाश राई, तराई समुदायमा भोगेन्द्र , विकाश निर्माण र युवामा खेमराज भट्टराई । सहईन्चार्जमा विजय विश्वास रहेका छन् । त्यसैगरी मजदुर महिला गीता तिम्सीना , सहिद, वेपत्ता, घाईतेमा राम कार्की , कर्मचारी सरुवा संयोजक गणेश उप्रेती, दिपक भट्टराई र विमल निरौला सदस्य रहेका छन् । त्यस्तै दलितको ईन्चार्जमा अर्जुन ऋषिदेव रहेका छन् ।