-
Home
-
राशिफल
-
प्रधानमन्त्री दाहालद्वारा गान्धी समाधिमा पुष्पहार अर्पण
प्रधानमन्त्री दाहालद्वारा गान्धी समाधिमा पुष्पहार अर्पण
k|wfgdGqL bfxfn¬–;Daf]wg
ef/tLo k|wfgdGqL g/]Gb| df]bLsf] lgdGq0ffdf ef/tsf] rf/ lbg] /fhsLo e|d0fdf /xg'ePsf k|wfgdGqL k'iksdn bfxfn laxLaf/ gofF lbNnLl:yt g]kfnL /fhb"tfjf;n] cfof]hgf u/]sf] /flqef]hdf ;Daf]wg ug'{x'Fb} . tl:a/ M xl/ nfld5fg], /f;; -gofF lbNnL_
नयाँदिल्ली/भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज गान्धीको समाधिमा फूलगुच्छा अर्पण गर्नुका साथै त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षरसमेत गरे । भारतीय राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष समारोहपछि प्रधानमन्त्री दाहाल राजघाट गएका हुन् ।
भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्रप्रमुख एवम् सरकार प्रमुखबाट गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन रहँदै आएको छ । भारतको स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो ।
आजै, प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले ‘गार्ड अफ अनर’ ग्रहण गरेका छन् ।
भारतीय राष्ट्रपति भवनमा आज विहान आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री दाहाललाई उक्त सम्मानमा भारतीय सेनाको विशेष टुकडीले सम्मान गारत अर्पण गरेको हाे।
समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहालसँग हात मिलाउनुका साथै नेपाली प्रतिनिधिण्डलसँग परिचय गरेका छन् ।
प्रधानमन्त्री दाहाल केहीबेरमा महात्मा गान्धी समाधिस्थल राजघाट जाने कार्यक्रम रहेको छ । आज दिनभर उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको छ । आजै, प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।
बिहीबार नयाँ दिल्ली आएका प्रधानमन्त्री दाहाललाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरिन्। प्रधानमन्त्री दाहाल, उनकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहेका छन् ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायत छन् ।
-रासस