Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • विद्युत् महसुल नबुझाउने ग्राहकको तार छुटाइयो

विद्युत् महसुल नबुझाउने ग्राहकको तार छुटाइयो

  • भदौ १९, २०७३
  • ब्लाष्ट खबर

लहान/सिरहा विद्युत् प्राधिकरण कार्यालयले समयमा विद्युत् महसुल नबुझाउने ४१ सेवाग्रहीका तार छुटाउन थालेको छ । कार्यालयले भदौ ६ गतेदेखि १६ गतेसम्ममा ४१ जना ग्राहकको विद्युतीय तार छुटाइएको जनाएको छ । विद्युत्तकाे बाँकी रकम समयमा नबुझाउने र पटकपटक विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकका तार छुटाउन थालेको कार्यालय प्रमुख जितेन्द्र यादवले जानकारी दिए । उनका अनुसार तार छुटाइएको ४१ ग्राहकबाट करिब रु ३६ लाख पाँच हजार भन्दा बढी बक्यौता उठाउन बाँकी छ । यसैबीच सो कार्यालयले तीन दिनको अवधिमा विद्युत् चोरी गर्ने १६ जनालाई पक्राउ गरी तिनबाट रु ८० हजार जरिवाना असुली गरेको छ । जिल्लाको विभिन्न गाविसबाट विद्युत चोरी गर्ने व्यक्तिसँगै ३७ थान पानी तन्ने मोटर, १० थान टिभी र २१ थान पङ्खा बरामद गरेको प्रमुख यादवले जानकारी दिए । गतआवमा पनि विद्युत् चोरी गर्ने १४४ जनालाई पक्राउ गरी तिनबाट रु सात लाख २० हजार जरिवाना असुलेको थियो । कञ्चनपुरः नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण शाखाले लामो समयदेखि विद्युत् महसुल नतिर्ने कृष्णपुर, झलारी, महेन्द्रनगर, खैरभट्टी, निम्बुखेडा क्षेत्रका १६५ ग्राहकको विद्युतीय तार छुटाएको छ । तार छुटाइएका ग्राहकबाट रु २० लाख ९० हजार बक्यौता असुल भएको प्राधिकरणको शाखाका प्रमुख भोजराज जोशीले बताए । पहिलो चरणमा रु दश हजारभन्दा बढी महसुल तिर्न बाँकी रहेका ग्राहकको तार छुटाएको हो । महशुल नबुझाउने ४४ हजार ९१३ ग्राहकबाट प्राधिकरणले रु दश करोड ८८ लाख ७१ हजार ६५ बक्यौता असुल गर्न बाँकी रहेको छ । रासस

सम्बन्धित समाचार
चोकदेखि चिया पसलसम्म चुनावी चर्चा

लहान । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको चर्चा य ...

उमागौरी सहकारी ठगी प्रकरणः अञ्जलाले बुझाइन् एक करोडको बैङ्क ग्यारेन्टी

विराटनगर । जिल्ला अदालत मोरङको आदेशलाई उल्टाउँदै उच्च अदालत विराटनगरले १० ग ...

बीपीले यस्ता गल्ती नगरोस्

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफ्टवेयर अपग्रेड (अद् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
चोकदेखि चिया पसलसम्म चुनावी चर्चा
उमागौरी सहकारी ठगी प्रकरणः अञ्जलाले बुझाइन् एक करोडको बैङ्क ग्यारेन्टी
बीपीले यस्ता गल्ती नगरोस्
आजको राशिफलः २०८२ साल मङ्सिर २ गते मङ्गलबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा
दुर्गा प्रसाईंको पनि दल
बीपीमा सिस्टम अपग्रेडका नाममा बिरामीलाई सास्ती
आजबाट एनपीएलः उपाधि जित्ने लक्ष्यमा विराटनगर किङ्स
करिब तीन सय केजी गाँजासहित दुई पक्राउ
बचत पत्रः सरकारी ऋणपत्रको आकर्षण, विकल्प र वास्तविकता
आजको राशिफलः २०८२ साल मङ्सिर १ गते सोमबार
तिमी ध्वजे चढ्यौ ?
जटिल बन्दै ‘मधुमेह’ रोग
उद्यमशीलको खुद मुनाफा ५१ लाख
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved