धरान/मन्त्री थपिने क्रममा आज नेपाली कांग्रेसको तर्फबाट चार जना मन्त्रीहरुको निर्णय हुँदै छ ।   जसमा सभापति शेरबहादुर देउवा पक्षधरबाट शिक्षा मन्त्रालयको लागि अर्जुननरसिंह केसी, परराष्ट्रमा प्रकाशशरण महत, रक्षा मन्त्रालयमा बालकृष्ण खाँड छन् । त्यस्तै जीवनबहादुर शाहीको मन्त्रालयको टुंगो भने लागेको छैन् । उनी हुम्लाबाट सांसद भएर आएका हुन् । उनलाई पर्यटन मन्त्री बनाउने भनिए पनि रामचन्द्र पौडेल पक्षधरले उक्त मन्त्रालय दाबी गरे पछि उक्त मन्त्रालयमा टुंगो लागिसकेको छैन् । शाहीलाई वन मन्त्रालयमा पठाउने सम्भावना बढेर गएको छ र थप मन्त्रीहरुको छलफल भइरहेको कांग्रेस निकट स्रोतले बताएको छ ।