एजेन्सी/इटालीमा शक्तिशाली भूकम्प जाँदा धेरै जनधनको क्षति भएको छ । आज बिहान साढे ३ बजेतिर गएको ६ दशमलव २ रेक्टरको भूकम्पले इटालीको मध्यभागमा पर्ने शहरहरुमा बढी क्षति पुर्याइएको बताइएको छ । [caption id="attachment_11403" align="alignnone" width="1024"]A woman sits amongst rubble following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli     TPX IMAGES OF THE DAY REUTERS[/caption] क्षतिको आकलन नभए पनि हालसम्म ६ जनाको मृत्यु भइसकेको बताइएको छ भने सयौं घरहरु क्षतिग्रस्त बनेका छन् । कयौं मानिसहरु भग्नावसेषमा परेर पुरिएको हुन सक्ने त्यहाँको सञ्चारमाध्यमहरुले बताएका छन् ।