जेनेभा (स्वीजरल्याण्ड)/चीनद्वारा गरिबी निवारणमा गरेको उल्लेख्य प्रगतिको संयुक्त राष्ट्र सङ्घका विज्ञहरुले मङ्गलबार प्रशंसा गरेका छन् । उनीहरुले भनेका छन्, “हालैका वर्षमा चीनले गरिबी नियन्त्रणमा गरेको उपलब्धि ‘असाधारण’ प्रगति मान्न सकिन्छ ।” चरम गरिबी र मानवअधिकार अनुगमन गर्न चीन पुगेका राष्ट्र सङ्घका प्रतिनिधि फिलिप एल्सटनले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्व तथा सरकारले अधिकतम गरिबी निवारणका लागि गरको प्रयास र समृद्ध समाजका लागि गरको प्रगति प्रशंसनीय छ ।” चिनियाँको सामाजिक उन्नति र विकासका लागि प्रकट हुने राजनीतिक इच्छाशक्ति आजको संसारमा असाधारण रहेको छ, एल्सटनले आफ्नो नौ दिने औपचारिक चीन भ्रमणपछि बताए । china चीनले सन् २०२० सम्ममा चिनियाँ नागरिकमा देखिएको अधिकतम् गरिबीको रेखालाई पार गर्ने लक्ष्यका साथ काम गरिरहेको र सन् २०२० सम्ममा चीनले पाँच करोड ५० लाख ७५ हजार नागरिकलाई चरम गरिबीको रेखाभन्दा माथि व्यवहारमा नै लग्ने आधार देखिएकोे राष्ट्र सङ्घको विशेष प्रतिनिधि एलस्टनले बताए । उनले सोही अवधिमा विकासजन्य गतिविधिमा लाग्दा उल्लङ्घन हुन सक्ने मावन अधिकारका बारेमा पनि विश्वसनीय रुपमा प्रगति गर्नेमा आशा व्यक्त गरे । रासस/सिन्ह्वा