नयाँ दिल्ली/भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएको समाचार छ । उनी राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना भएको समाचारमा जनाइएको छ । soniya ghandi उनी पुनः अस्वस्थ भएपछि राजधानी नयाँ दिल्लीको गंगाराम अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको समाचारमा जनाइएको छ । भारतको एक प्रमुख अस्पतालका रुपमा रहेको सो गंगाराम अस्पतालमा उहाँ उपचारका लागि केही दिन बस्नुपर्ने भएको ती चिकित्सकले जनाएका छन् । सो अस्पतालका एकजना चिकित्सकले आफ्नो नाम नबताउने शर्तमा भने– हामीले उहाँलाई अस्पताल भर्ना गरेका छौँ र उनलाई फिजियोथेरापी गराउनुपर्ने भएको छ । उनले गान्धीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको जानकारी पनि दिए । तर रोगका बारेमा भने विस्तृतमा केही बताएका छैनन् । उनी गत आइतबार मात्र सोही अस्पतालबाट डिस्चार्ज भएको थियो । उनलाई हातमा घाउ भएकोले चोटको फिजियोथेरापी गराइएको थियो । उनी पुनः सोही अस्पतालमा बिहीबार साँझ भर्ना भएपछि उनको स्वास्थ्यप्रति चिन्ता बढेको पाइएको छ । सोही कारण अस्पताल परिसरमा ठूलो सङ्ख्याका नागरिकको भिड लागेको छ । उनको पाखुराको हाड चर्किएको पाइएको चिकित्कको भनाई छ । सोही कारणले ज्वरो आएको भन्दै गत हप्तामात्र उनलाई सोही अस्पतालमा भर्ना गरिएकोमा १० दिनको अस्पताल बसाई पछि आइतबार डिस्चार्ज भएकाे थियो । बिहीबार उनलाई भर्ना गरिएको र उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको सो अस्पतालका चिकित्सकले जनाएका छन् । उनले भने– फिजियोथेरापी सुरु गरिएको छ, ज्वरो आउने वा त्यस्तो कुनै गाह्रो भने भएको छैन । रासस/सिन्ह्वा