Nepal's Deputy Prime Minister, Home and Defence Minister Bijay Gachhadar (L) inspects the guard of Honour prior to a meeting with Indian Defence Minister A. K. Antony in New Delhi on January 18, 2012. Nepal's Deputy Prime Minister is on three days of official visit to India till January 20. AFP PHOTO / Prakash SINGH

मोरङ० /  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नेपाली काँग्रेस–माओवादी केन्द्रसँग मधेसी मोर्चाले गरेको तीनबुँदे सहमति मधेसको हितमा नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले मधेसी मोर्चाले प्रधानमन्त्री हटाउन र प्रधानमन्त्री बनाउन मात्र तीनबुँदे सहमति गरेको आरोप लगाउँदै त्यो मधेसमा हितमा नभएको बताए ।

उनले मधेसको समस्या समाधान गर्न र संविधानको सफल कार्यान्वयनका लागि पनि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी र मधेसी मोर्र्चाबीच सहमति आवश्यक रहेको बताए । अध्यक्ष गच्छदारले संविधान निर्माण आफूका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको र आफ्नो पार्टीलाई सरकारमा सहभागी हुन नदिन केही पार्टी र केही ठूला व्यक्तिले षड्यन्त्र गरिरहेको बताए ।

संविधान कार्यान्वयन र मुलुकको समस्या समाधानका लागि मुख्य दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै अध्यक्ष गच्छदारले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउँदैमा समस्याको समाधान नहुने जिकिर गरे । रासस