ISबेरुत, लेबनान /  इस्लामिक स्टेट ९आईएस० समूह पक्षधर विद्रोही लडाकूले उत्तरी सिरियाबाट करिब दुई हजार नागरिकलाई अपहरण गरी लगेको अमेरिकी नेतृत्वको सुरक्षा बल तथा यहाँको मानव अधिकारवादी समूहले बताएका छन् ।

यस पहिले इस्लामिक जिहादी विद्रोहीको पकड रहेको उत्तरी सिरियाको मानविज इलाकामा भाग्ने क्रममा करिब दुई हजार स्थानीयलाई अपहरण गरी लगेका बताइएको थियो ।

उनीहरुलाई मानव ढाल बनाई आफ्नो पकड भएको इलाकामा लगेको र उनीहरुलाई लगेपछि कुन अवस्थामा राखिएको छ भन्नेबारे जानकारी प्राप्त हुन भने नसकेको सिरियाली मानवअधिकारवादी सङ्घसङ्गठनले बताएका हुन् । गएको हप्ता सिरियाली डेमोक्रेटिक फोर्स अर्थात् अरब कुर्दिस गठबन्धनले आईएस विद्रोहीलाई मानविजबाट भगाएका थिए । एएफपी