काठमाडौँ/व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिने जानकारी दिए ।
समितिको आजको बैठकको प्रारम्भमा उनले सो जानकारी गराउँदै बदलिँदो राजनीतिक परिस्थितिमा आफूले पदबाट राजीनामा दिन लागेको बताए । दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका–संसद्अन्तर्गतको सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन भएको थियो ।