काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहालसँग चितवनस्थित बाँदरझुलावासीले आज भेट गरी वैकल्पिक बस्तीको व्यवस्था मिलाइदिन माग गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेको बाँदरझुलावासी बस्ती व्यवस्थापन समितिका प्रतिनिधिले २०१८ सालदेखि त्यस क्षेत्रमा बसोवास गर्दै आएका स्थानीयवासीलाई चितवन राष्ट्रिय निकुञ्जले उठाउन सूचना जारी गरेकालेत्यसको विकल्पको माग गरेका हुन् ।

नेपाल तथा भारतसँगको सीमावर्ती क्षेत्रमा रहेको त्यस क्षेत्रको संरक्षणका लागि २०१८ सालमा तत्कालीन सरकारले सीमा सुरक्षार्थ पहाडबाट बसाइ सराएको समितिले जनाएको छ । भेटपछि प्रधानमन्त्री दाहालले समितिका प्रतिनिधिले राखेका मागलाई सम्बोधन गर्न सक्दो प्रयास गर्ने आश्वासन दिएको समितिका संयोजक सोमबहादुर विकले जानकारी दिए।