इटहरी/ नेकपा एमाले सुनसरीमा पदीय जिम्मेवारी फाँडफाँड गर्न बसेको बैठकमै विवाद भएको छ । आइतबार शुरु भएको जिल्ला कमिटीको बैठक अन्तर्गत सोमबार पदीय जिम्मेवारी बाँडफाँड गर्ने विषयमा छलफल हुँदा जिल्ला इञ्चार्जले ठाडो हस्तक्षेप गरेको भन्दै केही पदाधिकारीले बैठक छाडेका छन् । बैठकमा आपूmहरुले सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगरेपछि उनीहरुले बैठक छाडेरइटहरीमा पत्रकार सम्मेलन गरी सो निर्णय सच्याउनु पर्ने माग गरे । uml पत्रकार सम्मेलनमा उपस्थित एमाले जिल्ला पदाधिकारीले निर्णय गरेका विषयमा नोट अफ डिसेन्ट समेत लेख्न नदिएको बताए । बैठकमा जिल्ला इञ्चार्जले हस्तक्षेप गरी जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीलाई समेत कठपुतली बनाएको उनीहरुको आरोप थियो । संस्थापन पक्ष केपी ओली र माधवकुमार नेपाल पक्षधरको द्वन्द्वका कारण यस्तो परिस्थिति सिर्जना भएको पत्रकार सम्मेलनमा सहभागी एमाले सुनसरीका एक जिम्मेवार पदाधिकारीले बताए । जिल्ला सदस्य मुरारी सुवेदीले सुनसरीमा आपूmहरुको समूहलाई वाइपास गरेर अर्को गुटका मान्छेलाई मात्रै जिम्मेवारी दिइएको र त्यो विषय स्वीकार छैन भन्दा ‘सर्वसम्मत’ भन्ने शब्द राखेर निर्णय लेखिएकोले हस्तक्षेपविरुद्ध पत्रकार सम्मेलन गरेको बताए । पत्रकार सम्मेलनमा उपस्थित अमृता सुब्बा, अमला श्रेष्ठ, विष्णु शर्मा लगायतले कुनै पनि विषयमा छलफलै नगरी जिल्ला नेतृत्वले एकतर्फी निर्णय गरेको आरोप लगाए । जिल्लामा पछिल्लो समय खाली भएको स्थानमा जिम्मेवारी दिने विषयमा सुनसरी क्षेत्र नम्बर १ का सह इञ्चार्जको जिम्मेवारी खम्बसिंह गुरुङ र इटहरी उपमहानगरपालिकाको सह इञ्चार्जको जिम्मेवारी यामकुमार सुब्बालाई दिनु पर्ने आपूmहरुको प्रस्तावमा नेतृत्वले छलफलनै नगरी क्षेत्र नम्बर १ मा पदमप्रसाद लिम्बू र इटहरीको सह इञ्चार्जको जिम्मेवारी राजकुमार गिरीलाई दिएको विषयमा विमति रहेको इटहरी इञ्चार्ज रामप्रसाद चौलागार्इंले बताए । जिल्ला इञ्चार्ज धर्म निरौलाले ठाडो हस्तक्षेप गरेको उनीहरुको भनाइ छ । खाली भएका नगर तथा जिल्लाका इञ्चार्ज, सहइञ्चार्ज तथा जिल्ला सदस्यहरु मनोनयन गर्ने क्रममा जिल्ला नेतृत्वले जिल्ला इञ्चार्ज र केही पदाधिकारीको दबावमा संस्थापन पक्ष (ओली) का मान्छेलाई पाखा लगाउने काम गरेको पत्रकार सम्मेलनमा सहभागीहरुले बताए । सुनसरी क्षेत्र नम्बर ४ को सह इञ्चार्जमा शत्रुधन यादवलाई जिम्मेवारी दिइएकोमा यो समूहले विमति जनाएको छ । त्यहाँ हेमनारायण चौधरी वा हरिनारायण चौधरीमध्ये एकलाई दिनुपर्ने आपूmहरुको माग रहेको सुवेदीले बताए । पत्रकार सम्मेलनमा उपस्थित एक नम्बर प्रदेश सदस्य ओम कोइरालाले पार्टीभित्र गरिएको हस्तक्षेपका विषयमा अनुशासन विभाग र केन्द्रीय सचिवालयलाई समेत मौखिक जानकारी गराइसकिएको र लिखितरुपमा पनि गरिने बताए । सुनसरीमा गुटगत राजनीति गरेका कारण एमालेभित्र बेथिति सिर्जना हुन थालेको पनि उनको भनाइ थियो । यता, एमाले सुनसरीका अध्यक्ष द्वारिकलाल चौधरीले भने दुई दिनसम्म चलेको बैठकमा केही विषय सर्वसम्मत् र केही विषय मतविभाजन गरी बहुमतबाट निर्णय भएको बताए । यसैगरी जिल्ला कमिटी बैठकको अध्यक्षसहितका पदाधिकारीले प्रस्ताव र निर्णय गराउने कुरामा आप्mनो हस्तक्षेप हुनैनसक्ने सुनसरी जिल्ला इञ्चार्ज धर्म निरौलाको भनाइ छ । एमालेभित्र गुटगत राजनीतिक केन्द्रदेखि जिल्ला तहमै भएकोले त्यसकै प्रभावले सुनसरीमा पनि विवाद देखिएको जिल्ला इञ्चार्ज निरौलाले बताए । ‘एमालेमा गुटको राजनीति हुँदै आएको छ’, निरौलाले भने, ‘त्यसैको प्रभाव यहाँ पनि देखिएको हो । यो खासै ठूलो कुरा होइन ।’ ७१ सदस्यीय सुनसरी एमालेमा ३० जना संस्थापन पक्ष र अन्य माधवकुमार नेपाल पक्षधर रहेको र नेपाल पक्षधरले ओली पक्षका प्रस्तावलाई कार्यान्वयन हुन नदिने गरेको एमालेका एक जिम्मेवार नेताले बताए ।