भद्रपुर/भन्सार विभागको निर्देशिका विपरीत कर्मचारीले आफ्नै व्यक्तिगत कानुन बनाएर राजश्व संकलन गरिरहेको पाइएको छ ।
झापाको भद्रपुर स्थित छोटी भन्सार कार्यालय छोटी भन्सार मध्येमा राजश्व संकलनमा उत्कृष्ट पाँच स्थान ओगटन सफल भएपनि कर्मचारीले व्यापारीसंगको सम्झौतामा बनाएको आफ्नै कानुनले गर्दा भन्सारमा राजश्व संकलनसंगै अवैध धन्दा मौलाएर गएको हो ।

भन्सार विभागले प्रत्येक आर्थिक बर्षमा नेपालमा आयात हुने केहि सरसामानको भन्सार महसुल दर वृद्धि गरेपनि भन्सार कर्मचारीले व्यापारीसंग पोकाको संख्यामा राजश्व काट्ने सहमती भएपछी केहि महिनादेखी राजश्व भन्दा खाजश्वमा काम हुने गरेको पाइएको हो ।
मेची भन्सार कार्यालय काकडभिट्टा मातहातमा रहेको भद्रपुर छोटीमा मासिक रुपमा खटिने अधिकृत र सुब्बाको आआफ्नै नियम हुने गरेको समेत पाइएको छ । जसले गर्दा भन्सारका कर्मचारीहरुले भन्सार विभागको निर्देशिका र नियमपालन गरेको देखिदैन । कुनै महिना अधिकृत भन्दा सुब्वाको निर्देशनमा छोटी भन्सार कार्यालय नियन्त्रणमा लिइ धन्दा चलाएका हुन्छन् । एउटा सुब्वा तिन महिनासम्म छोटीमा लगातार वसेपछी आउने अधिकृतको कुनै आवश्यक देखिदैन ।
नजिकिदै आएको चाडपर्वलाई मध्यनजर गर्दै व्यापारीहरुले असार देखी असोजसम्म भारतबाट करोडौ मूल्य बराबरको सरसामान नेपाल भित्राउने गरेका छन् । तर भन्सार कर्मचारीले व्यापारीहरुको आपसी साँठगाँठमा सामान परिणाम अनुसारको राजश्व नतिराउने, सरसामान एकै स्थानमा राखेर हेर्ने ,भन्सार परिसरमा तिन पोकालाई खुलेआम रुपमा एक पोका बनाउने , बनाएको पोकामा न्युनतम देखी अधिकतम मूल्यसम्मका कपडा राख्ने, तोकिएको मुल्याकंन भन्दा कम मुल्यांकन गरी सामानको प्रज्ञापनपत्र बनाउने, साना बजारे व्यापारीबाट भन्सार गेटमा रकम असुल्दै छाडने लगायतको गैरकानुनी क्रियाकलापमा भन्सार कर्मचारी र व्यापारी खुलेर लागेको पाइएको छ । सामानको गुणस्तर हेरेर न्युनतम एउटा पोकाको राजश्व तिर्दा पाँच हजार देखि १५ हजार सम्म तिर्नु पर्ने अवस्थामा आफुले तिन ओटा पोकालाई एउटा बनाएर ३ हजारमा सामान काटिने गरेको एक कारोवारीले बताए । भारतवाट ठुला पोका ल्याउन भारतिय एस एसवीले दिदैन, त्यसपछी व्यापारीले छोटीमा साना साना पोकालाई एउटा बनाउने र पोकाको छुट्टै १५ सय भन्सार कर्मचारीलाई दिने गरेको उनिहरु बताउँछन् । सवैभन्दा गुणस्तरहिन एक पोका कपडाको चार हजार भन्दा कम राजश्व नहुने तर तिनओटा पोका मिलाएर एक पोकाको भन्सार काटेपछी बाँकी दुई पोका विना भन्सार सामान छुट्ने भएकोले केहि महिना देखि छोटी भन्सारमा सवै व्यापारीको भिड बढेको कारोवारीको भनाई छ । प्रत्येक पोकाको १५ सयका दरले जम्मा भएको रकम भन्सार प्रमुख लाई भागी लाग्ने गरेको समेत वुझिएको छ ।
भन्सार छलेर सानो एक पोका सामान नेपाल छिराउन लाइन मेनलाई तिन हजार दिनुपर्ने हुन्छ , सामानको ‘रिक्स’ पनि हुन्छ, तर लाइनमेनलाई दिनेभन्दा सस्तो भन्सारमा सहमती भएपछी छाती फुलाएर काम गर्दै गरेको एक कारोवारीले सुनाए । भन्सार र व्यापारी मिलेका कारण हामी लाइन मेनले काम नपाएको विगत १० वर्षदेखी कम गर्दै आएका एक लाइनमेनले गुनासो गरे ।
छोटी भन्सारलाई प्रत्यक्ष निगरानीका लागी काकडभिट्टा भन्सारले मासिक रुपमा अधिकृत पठाउने गरेकोले सवै जिम्मेबारी अधिकृतको हुने मेची भन्सार कार्यालय काकडभिट्टाका भन्सार प्रमुख भीमप्रसाद अधिकारीले बताए । तिन पोकालाई मिलाएर एक पोका बनाएको प्रमाण फेला परेमा कारवाही गरिने बताउदै आर्थिक कारोवार हुने कार्यालयमा शंका उत्पन्न हुनसक्ने प्रमुख अधिकारीले बताए । भन्सारमा यस्तो गैरक्रियाकलाप गतिविधी एक हजार प्रतिशत झुट भएको उनले दावी गरे । छोटीका कार्यालय अधिकृत दिपेन्द्र झाले कर्मचारी र व्यापारी विच कुनै सम्झौता नभएको बताए । भन्सार परिसरमा पोका मिलाउने काम सत्य नभएको झाले दावी गरे ।