[caption id="attachment_8552" align="alignnone" width="1024"]
डेनमार्कको कोपनहेगनमा सम्पन गैर आवासिय नेपाली संघ (एनआरएन) को नवौं यूरोपेली क्षेत्रिय बैठक सहभागीहरु । तस्विरः सरस्वती कार्की ।[/caption]
कोपनहेगन (डेनमार्क) / गैर आवासिय नेपाली संघ (एनआरएन) ले भूकम्प पीडितका लागि एक हजार घर १५ महिना भित्रमा बनाउने प्रतिबद्धता गरेको छ ।
डेनमार्कको कोपनहेनगमा आइतबार सम्पन्न एनआरएनको नवौं यूरोपेली क्षेत्रिय बैठक तथा सातौं महिला भेलापछि पत्रकारहरुसंगको छलफलमा अध्यक्ष शेष घलेले सो प्रतिबद्धता जनाएका हुन् ् ।
लामो समयसम्ममा पनि एनआरएनले घर निर्माण नगरेको भन्दै पत्रकारले अब त्यसको समयाबधि तोक्न भनेका थिए । घर निर्माण गर्न प्रतिबद्धता गरे अनुरुप अर्थ संकलन गर्न राष्ट्रिय समन्वय परिषदहरुलाई आग्रह समेत गरिएको कार्यक्रम पछि जारी गरिएको घोषणापत्रमा उल्लेख छ ।
भेलाले नेपालमा लगानी प्रवद्र्धन गर्न यूरोपबाट एक अर्ब रकम संकलन गर्ने लगायत १३ बु“दे घोषणा पत्र जारी गरेको छ । यूरोपेली एनआरएनहरुबाट संकलित सो रकम लगानीका लागि नेपाल उद्योग बाणिज्य महासंघले परियोजना छनोट गर्न पहल गर्ने भएको छ ।
एनआरएनमा अहिलेसम्म महिलाहरुको सहभागीता न्यून रहेको भन्दै महिलाहरुको सहभागीता बढाउन, महिलाहरुको उद्यमशिलता विकास गर्न संयुक्त लगानीका परियोजनाहरु संचालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत गरिएको छ । त्यस्तै सुदुर पश्चिममा आ¨ खस्ने समस्या भएका महिलाहरुको स्वास्थ्य उपचारमा सहयोग गरिने भएको छ ।
‘यूरोपका नेपालीको अभियानः लगानी, पुननिर्माण र पर्यटन’ भन्ने मूल नारा सहित शनिबार र आइतबार भएको कार्यक्रममा यूरोपका २० देशबाट करिब ३ सय जना प्रतिनिधिहरु सहभागी भएका थिए ।
नेपालमा हाल आएको बाढी पहिरोमा परि ज्यान गुमाएकाप्रति श्रदान्जली व्यक्त गर्दै पीडित परिवारलाई भौतिक र आर्थिक सहयोग गर्ने, देशको सम्बृद्धिका लागि जारी संबिधानलाई पूर्ण कार्यान्वयनका लागि राजनीतिक दलहरुबीच सहमती र सहकार्य गर्न अनुरोध गरेको छ ।
उक्त भेलामा एनआरएन अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, यूरोप संयोजक कुल आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, डेनमार्कका लागि नेपाली कार्यबहाक राजदुत रामकाजी खड्का, एनआरएन लगानी प्रवद्र्धन समिति सभापति चन्द्र ढकाल, महिला फोरम संयोजक सपिला राजभण्डारी, रजनी प्रधान, संरक्षक दील गुरुङ लगायतका व्यक्तित्वहरु सहभागी थिए ।
कार्यक्रममा यूरोपका बिभिन्न देशका एनआरएन अध्यक्ष तथा प्रतिनिधिले र महिला प्रतिनिधिहरुले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिबेदमा व्यापक छलफल भएको थियो ।
पोर्चुगल, स्पेन, आयरल्याण्ड र फिनल्याण्डमा नेपाली दुतावास स्थापना गर्न नेपाल सरकारलाई पहल गर्र्ने, नेपालका भौतिक संरचना अपां¨ मैत्री बनाउन, शारीरिक रुपमा असक्त व्यक्तिलाई स्ववलम्भी बनाउन अनुरोध गर्ने उल्लेख छ ।
भेलामा असक्तका हितमा काम गर्ने डेनमार्कमा बस्ने १७ बर्षीया अनुजा गौतमलाई गैर आवासिय नेपाली युवा दुत घोषणा गरियो ।
उनको अभियान अन्तर्राष्ट्रिय समन्वय परिषद मार्फत संचालन गर्ने गरी भेलामा स्वत स्फूर्त तत्काल ३२ लाख रुपैया“ संकलन भएको छ । त्यस्तै स्पेनकी आइनाद्धारा संचालित अनाथ सम्बन्धिको परियोजनालाई १३ लाख उपलब्ध गराउने भएको छ । आयोजक डेनमार्कलाई बिषेश धन्यवाद दिदै दसौं क्षेत्रीय बैठक २०१७ मा जर्मनीमा गर्ने गरी कार्यक्रम समापन भयो ।