ताप्लेजुङ/ताप्लेजुङ र पाँचथरका सिमाना काबेली नदिबाट अबैधरुपमा गिटि बालुवा उत्खनन् गर्ने चार वटा ट्याक्टर एक वटा स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएर जरीवानाका लागि जिल्ला विकास समितिलाई बुझाएको छ । अवैधानिक तवरले बालुवा उत्खनन् गर्दै गरेको सूचनाको आधारमा मे. १ त ४९७०, मे. १ त ४८९१, मे. १ त ४३३९ र को. २ त ४३०४ नम्बरको ट्याक्टर र स्काभेटर पक्राउ गरी जरीवानाका लागि जिल्ला विकास समितिलाई जिम्मा लगाएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसीले बताए । स्थानिय अनिलकुमार सोन्दङ, धनकुमार सुनुवार, दिपेन्द्र पोमु र सन्तोष सुनुवारको ट्याक्टर र स्काभेटर रहेकाले उनिहरुबाट जरीवाना असुल गरीने प्रहरीले बताएको छ । यता स्थानिय विकास अधिकारी केसब प्रसाद भट्टराईले जिल्लामा पहिलोपटक यसरी नियन्त्रणमा लिएर प्रहरीले बुझाएकाले हाल कानुन बमोजिम प्रति ट्याक्टर एक हजार देखि १५ सय सम्म जरीवाना लिएर छाड्ने तयारी भईरहेको बताए । जिल्लाका धेरै नदिमा सडक पुगेकाले अबैधानिक रुपमा यस्तो गतिविधि बढ्ने भएकाले आगामि दिनमा जरीवाना रकम बढाउने तयारी समेत भएको स्थानिय विकास अधिकारी भट्टराईको भनाई छ ।