धरान /भारतका एक पुर्व मन्त्रिको घरमा काम गर्न बसेका एक नेपालीको हत्या गरिएको जनाईएको छ । भारतीय सञ्चर माध्यमहरुले भारतीय कांग्रेसका पूर्वमन्त्री स्व.हर्नाम दास जोहरको घरमा काम गर्न बसेका एक नेपाली मृत भेटिएपनि हत्या भएको जनाईएको हो ।
३० वर्षका भगत सिंह फेनमा झुन्डिरहेको अबस्थामा मृत भेटिएको पञ्जबको लुदिआना प्रहरीले जनाएको छ ।

‘झुण्डिएको अबस्था र लाशको प्रकृती हेर्दा हत्या भएको अनुमान गरिएको छ, हामीले अनुसन्धान अगाडि बढाएका छौ’ पञ्जबका सञ्चारकर्मीलाई लुदिआना प्रहरीका अधिकृत एमके शाहले जनाएका छन् । लुदिआना पञ्जाबको सुरक्षित शहरमा गनिन्छ ।मृत भेटिएका भगत सिंहको ठेगना भने खुलाईएको छैन । उनी २०१३ देखि हर्नाम दास जोहरको घरमा काम गर्न बसेका थिए ।
हर्मन दासका छोरा अजय र उनको परिवार चेन्नईमा बस्थे । त्यहाँ भगत र अन्य दुई कामदारका रुपमा कार्यरत थिए ।प्रहरीले अन्य दुई कामदारलाई नियन्त्रणमा लिएको छ । अन्य र्दुइ कामदारले हर्मन दाशका छोरा अजय सँग केहि महिना अगाडि तलबको बिषयमा सामान्य बिबाद भएको बयान दिएको भारतीय सञ्चार माध्यमहरुले प्रहरी श्रोतलाई उल्लेख गरेर समाचार सम्प्रेशण गरेका छन् ।