संयुक्त राज्य अमेरिकाद्धारा गहिरो समवेदना
- साउन ११, २०७३
- ब्लाष्ट खबर
वासिङ्गटन / जापानको कानागावा जिल्लामाअवस्थित एउटा अपाङ्ग स्याहार केन्द्रमा मङ्गलबार विहान एकजना बन्दुकधारी आक्रमणकारीले गरेको अन्धाधुन्द गोली प्रहारमा परी १९ जनाको मृत्यु भएको छ । साथै अन्य करीब ३० जना नराम्ररी घाइते भएका छन् ।
यस घटनाउपर संयुक्तराज्य अमेरिकाद्धारा मृतकका परिबार र स्वजनहरु प्रति गहिरो समवेदना प्रकट गरेको व्हाइट हाउसले जनाएको छ ।
‘यस्ता भीषण हिंसाका घटना कहिल्यै पनि क्षम्य हु्न नसक्ने, त्यसमाथि अन्ध, अपाङ्गको सेवा गर्ने पवित्र संस्थामाथि आक्रमण गर्नु त अर्थहीन र महाघृणित कार्य हुन्छ’ अमेरिकी नेसनल सेक्युरिटि काउन्सिलका प्रवक्ता निड प्राइसद्वारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘हाम्रो अन्तर्विचार जापानी मित्रहरुसंग मिल्दछ, उहांहरु शोकाकुल भै रहनु भएको छ, यस्तो दुखःद घडीमा हामी सदैव उहाँहरुकै साथ रहनेछौं।’ प्राइसको सो बिज्ञप्तिमा थप उल्लेख गरेका छन् ।
–रासस/सिन्ह्वा