biratnagarमोरङ० / विराटनगर उपमहानगरपालिकाले फोहर मैला व्यवस्थापनको जिम्मा दिएको वेस्ट मेनेजमेन्ट प्रालि जेभी ग्रुप समूहको पाँच वर्र्षे ठेक्का भङ्ग गरेको छ । टेण्डर प्रक्रिया नियम सङ्गत नभएको कारण देखाउँदै स्थानीय विकास मन्त्रालयले निर्देशन दिएको पत्र प्राप्त भएको एक सातामै ठेक्का भङ्ग गरेको हो । उपमहानगरपालिका वातावरण शाखाका इन्जिनियर घनश्याम काफ्लेले ठेक्का भङ्ग भएको पुष्टि गर्दै अब नयाँ टेण्डर प्रक्रियामा जाने बताए । सम्झौता भङ्ग गरिए पनि तीन महिनासम्म पूर्ववत्रुपमै काम गर्न भनिएको छ । नयाँ टेण्डर प्रक्रिया गरेर नयाँ संस्था छनोट नभएसम्मका लागि साझेदार संस्थालाई काम गर्न निर्देशन दिएको काफ्लले बताए । ढुवानी, डम्पिङ र फोहर व्यवस्थापन कार्यका लागि प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्दा प्रकाशित सूचनाको प्रक्रिया नियमअनुसार नभएको र तोकिएको समयपछि दर्ता हुन आएको वेीट मेनेजमेन्ट प्रालि जेभी गु्रपलाई छनोट गरिएको मन्त्रालयको पत्रमा उल्लेख छ । संस्था छनोट प्रक्रियामा चित्त नबुझेपछि बलराम चालिसेले मन्त्रालयमा उजुरी दिएर छनोट प्रक्रिया रद्द गर्न माग गरेका थिए । निवेदकको उजुरीलाई सुनवाइ गर्दै मन्त्रालयले अर्को प्रक्रियामा जान उपमहानगरपालिकालाई निर्देशन दिएको हो । उता साझेदार संस्था वेस्ट मेनेजमेन्टले न्यायको लागि अदालतमा जाने बताएको छ । रासस