तेहरान (इरान) / इरानको क्यासपियन सागर नजिकैको एक सहरबाट राजधानी तेहरानका लागि छुटेको बस राजमार्गको छेउमा रहेको बजुलीको पोलमा ठक्कर खाँदा १६ जनाको मृत्यु भएको र १२ जना अन्य घाइते भएका इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ । 

उक्त टेलिभिजनले प्रहरीलाई उद्धृत गर्दै चालकले बस राजमार्गमा उच्च गतिमा गुडाइरहेका बेला गति नियन्त्रणमा लिन नसक्दा दुर्घटना हुन पुगेको बताइएको छ । शुक्रबार उत्तरी इरानमा एउटा उच्च गतिमा रहेको ट्रकले रेलमार्ग पार गर्ने क्रममा रेललाई धक्का दिँदा कम्तिमा ३० जना घाइते भएका थिए । इरानमा सडक दुर्घटनाका कारण बर्सेनि २० हजार मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । रासस÷एएफपी