asdfmlksadf copyचितवन /  चितवनको सेतीदेवी सामुदायिक वनमा आज एक पोथी गैंडाको मृत्यु भएको छ । करिब छ वर्षको उक्त पोथी गैंडा भालेको आक्रमणमा परी घाइते भएको थियो । गत बिहीबारदेखि घाइते अवस्थामा रहेको गैंडाको उपचारको क्रममा आज मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । प्रजननयोग्य उक्त पोथी गैंडा सहवासको क्रममा घाइते भएको हुनसक्ने कँडेलको अनुमान छ । उक्त गैंडालाई निकुञ्ज र वनका कर्मचारीले मुचुल्का उठाएर खाग, खुर निकालेर खाल्टोमा पुरिएको कँडेलले बताए । रासस