निस आक्रमणमा मोरोक्कोका चार नागरिकको मृत्यु
मोरोक्को / एक हप्ता अघि फ्रान्सको निस महानगरमा भएको आक्रमणमा चार जना मोरोक्कोका नागरिकको मृत्यु भएको छ ।
फ्रान्सको राष्ट्रिय दिवसका दिन भएको त्यस आक्रमणमा अन्य तीन नागरिक पनि घाइते भएका स्थानीय सञ्चार माध्यम “हेसप्रेस”ले मोरोक्काली कुटनीतिक स्रोतलाई उद्धृत गर्दै बुधबार जनाएको छ ।
स्रोतका अनुसार फ्रान्समा बासोबास गर्दै आएका एउटा १३ बर्षीय बालक, ४३ र ५९ बर्षीया दुई महिला र ५० बर्षीय एक पुरुषको सो आक्रमणमा मृत्यु भएको थियो ।
त्यसैगरी सो बर्बर आक्रमणमा चार बर्षीय एक बालक १३ बर्षीया एक बालिका र ५६ बर्षीय एक पुरुष घाइते भएका थिए ।
फ्रान्सेली राष्ट्रिय दिवस मनाउन निसमा भएको जमघटमा आत्मघाती आतङ्कबादीले एउटा ट्रक प्रयोगबाट गरेको त्यस आक्रमणमा ८४ व्यक्तिको मृत्यु हुनुको साथै सयौंको सङ्ख्यामा अन्य ब्यक्तिहरु प्नि घाइते भएका थिए । रासस /सिन्ह्वा