काठमाडौं / सत्ताबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा नआइञ्जेलसम्म बजेट पारित गर्न नदिने कुरा बताएका छन् । आज बस्ने व्यवस्थापिका संसदको बैठकमा माओवादीले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने भएका छन् । पूर्ण बजेट पारित गर्नको लागि बोलाइएको आजको बैठकमा माओवादीले राजिनामा नदिए बजेट पारित नै नगराउने पक्षमा उभिएका हुन् । अल्पमतमा परेको सरकारले राजिनामा दिनु पर्ने अडानमा माओवादी रहेको प्रवक्ता पम्फा भुसालले बताइन् । उनले राजिनामा नदिएसम्म बजेट पारित गर्न नदिने पार्टीको निर्णयसमेत रहेको दाबी गरिन् ।   प्रवक्ता भुषालका अनुसार आज बिहान बसेको केन्द्र शिर्षस्थ नेताहरुको बैठले राजिनामालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय भएको छ । निकटस्थ स्रोतहरुका अनुसार संसदमा प्रस्तुत हुने विषयमासमेत बुधबार बिहान साढे १० बजे माओवादीको संसदीय दलको बैठकसमेत बसिरहेको छ ।   बजेट पारित गर्नका लागि ११ बजे व्यवस्थापिका संसदको बैठक बोलाइएको छ ।