काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ गराएकिछन् । राष्टूपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ लिनुभएको हो । कार्कीलाई सो पदमा नियुक्ति गर्न गत चैत २८ मा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसद्को सुनुवाइ विशेष समितिले आइतबार अनुमोदन गरेको थियो । कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन । शपथ ग्रहण समारोहमा उपराष्टूपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीमगर, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सर्र्वाेच्च अदालतका न्यायाधीश, नेपाल सरकारका मुख्यसचिव, संवैधानिक र सुरक्षा निकायका प्रमुख, नेपाल बार एसोसिएसनका पदाधिकारीलगायतको उपस्थिति थियो । प्रमुख आयुक्त यादवको शपथ आफूले शपथ लिएलगत्तै प्रधानन्यायाधीश कार्कीले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई राष्टूपति भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराए । डा यादवलाई गत शुक्रबारको संसदीय सुनुवाइ विशेष समितिको बैठकले नियुक्तिको सिफारिस अनुमोदन गरेको थियो । उनीहरुले आजै आ–आफ्नो पदभार समेत ग्रहण गरेका छन् ।