धरान/डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आईतबार दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको छ । निर्बाचन आयोग पुगेर नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई सहित पुगेको नेताहरुको टोलिले दल दर्ताका लागि निबेदन दर्ता गराएको नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य तथा १ नम्मर प्रदेश काठमाण्डौ सम्पर्क समितीका संयोजक देब लिम्बु लुवाङले जानकारी दिए । naya-saakti तत्कालिन एमाओवादी छाडेर भट्टराईले नयाँ शक्ति नेपालको स्थापना गरेका हुन् भने गत जेठ ३० गते दशरथ रंगशालामा एक भव्य कार्यक्रमको आयोजना गरी पार्टी घोषणा गरिएको थियो । नयाँ शक्ति नेपालले बिकाश र संबृद्धिको नारा अगाडि सार्दै यस अघि प्रचारात्मक अभियानहरु सञ्चालन गर्दै आएको थियो ।