भद्रपुर / झापा भद्रपुर–१३ स्थित एक घरमा गोरुनै नलागेको सत्र महिने वाछीले दैनिक तीन लिटर दुध दिदैआएको छ । स्थानिय प्रजातीका गाईले सामान्यतया ४ बर्षमा दुध दिन्छन् । जर्सी गाईहरुले २४ महिनामा दुई दिै आएको कृषकहरु बताउछन् । तर चन्द्रगढी सरस्वती टोलमा रहेको रत्नमणि न्यौपानेको घरमा पालिएको तरुणी गाईले १७ महिना मै दुध दिदै आएको छ । एक महिनादेखि सन्तान नजन्माइकन दुध दिइरहेको हो । वाछीको चमत्कार सुनेसगै वरिपरिका मनिस हेर्न समेत आउन थालेको न्यौपानेले बताए ।
पाँच वर्ष अघि हल्दीवारीवाट २० हजारमा कोरली वाछी खरिद गरेर ल्याएको माउ गाइको तेस्रो सन्तानले दुध दिदै आएको वाछी धनि न्यौपानेले बताए । यसको आमाले पनि ब्याउनुभन्दा दुई महिना अघि दुध दिएपछीमात्र सन्तान दिएको उनले बताए । हालसम्म चौथौ सन्तान दिएपनि वाछीनै दिएको उनले बताए । अन्य वाछीले भने दुध नदिएको उनको भनाई छ । पहिलो र दोस्रो वाछीलाई क्रमश ७५ र ५५ हजारमा विक्री गरेको साथै चौथो वाछीसगै माउ गाईलाई एक महिना अघि ६० हजारमा विक्री गरेको उनले बताए । पशु चिकित्सकको सल्लाह बमोजिम दुध दुएर खादै आएको उनको भनाई छ । घर धनिले गोरु खोज्ने औषधी माग गरेसगै अनुसन्धान पश्चात सुई लगाएको पशु चिकित्सक छवि सुवेदीले बताए । औषधी प्रयोगले हर्मनमा वृद्धि गरि दुध बढाउने काम भएका कारण यस्तो भएको साथै दुध दिने अवधी केहि दिनमात्र रहने चिकित्सक सुवेदीको भनाई छ । वाछीलाई जेठ ३० गते कृत्रिम गर्वधारणा गराएको थियो ।