krisiधरान / गत बर्ष स्वः शुशिल कोईराला नेतृत्वको सरकारका कृषी मन्त्रि हरि पराजुलीले असार १५ मा रोपाइँमा महिलाहरुलाई अभद्र व्यवहार गरेर हिट भए । रोपाइँमा असभ्य भएर प्रस्तुत भएको भन्दै आलोचना भएपछि अन्ततः पराजुलीले राजीनामा नै दिनुपरेको थियो । केपी शर्मा ओली सरकारका कृषिमन्त्री हरिबोल गजुरेलले एक वर्षपछि असार १५ कै अवसरमा चर्चित भए । गमलामा धान रोपेर हिट भए । कृषि विकास मन्त्रालयले यस वर्षको सर्वोत्कृष्ट कृषकलाई पुरस्कार दिने कार्यक्रममा बुधबार उनले गमलामा धान रोपेका थिए । गमलामा धान रोपे पछि उनी चर्चामा आए ।